पं. ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः स्वास्थ्यमा पनि केही समस्या देखिएला । धार्मिक एवं सामाजिक कार्यमा खर्च हुने दिन छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः आय आर्जनको नयाँ स्रोत पत्ता लगाउनु होला शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः विरोधीहरु विस्थापित हुने छन् । पुराना अधुरा कार्यहरु आज पूरा हुने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः रमाइलो यात्रा गर्नुहुने छ । धार्मिक एवं शैक्षिक क्षेत्र उत्तम रहेको दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः स्वास्थ्यको पक्ष भने केही बिग्रन सक्छ । नोकरीको पक्ष राम्रो छ । न्यायको पक्ष भने केही अधुरो देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः सन्तानबाट जटिलता अनुभव गर्नु पर्ला । अरु सामान्य रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः परिश्रम धेरै नै गर्नुपर्ने देखिन्छ । कार्यकर्ताहरुबाट सहयोग मिल्ने खालको दिन छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः मान–सम्मान मिल्ला । नोकरीमा पदोन्नति हुने खालको दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः आफन्तजनले असहयोग गर्ने छन् । मुद्दा वा आरोप लाग्न सक्ने छ । पेटमा केही समस्या होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः आफन्तजनको अप्रिय समाचार सुन्नु पर्दा दुःखी हुने दिन छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः धन, मान र सम्मान मिल्ने छ । आर्थिक कारोबार भने समान्य रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः धार्मिक एवं सामाजिक कार्यमा मन जाने छ । मान–सम्मान मिल्ने दिन रहेको छ ।