२०७३ वैशाख १९ गते आइतबार
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आर्थिक रूपमा सबल हुनुहुने छ । कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुने छ । मायाप्रेमका लागि समय जुट्ने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः  आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुने छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः विभिन्न महत्वपूर्ण दिनमध्ये आजको दिन विशेष महत्वको दिन हुने छ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ःआम्दानीका मार्ग अवरुद्ध हुने छन् । बोलीमा संयम अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भए पनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ःआवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यावहारिक सोचको विकास हुने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः आफन्तले तपाईंको प्रशंसा गर्ने छन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुने छन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः आजको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्न सक्छ । त्यसैले तपाईंले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ःसामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्ने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः  लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यावहारिक खर्चको मात्रा बढ्ने छ ।