वि.सं. २०७३ साल वैशाख २१ गते। मंगलबार। इश्वी सन् २०१६ मे ३ तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– एकादशी, १०.५३ बजेउप्रान्त द्वादशी।
पं.ज्यो. घनश्याम सिग्देल/
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अधुरा कामहरु बन्नेछन् । सुखद समाचार सुन्न मिल्नेछ । मनमा अशान्ति छाउनेछ । आर्थिक वृद्धि हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पैतृक सम्पत्तिमाथिको विवाद टुङ्गो लाग्नेछ । भौतिक सामग्रीको जोहो हुनेछ । आयस्रोत वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धर्मकर्ममा मन लाग्नेछ । यात्रा रमाइलो रहनेछ । आयस्रोतमा कमि देखिँदैन । समाजसेवामा लाग्नु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्दा–मामिलामा पछि पर्नु पर्ला । आफन्तसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । अरुले तपाईको कुरा काट्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम र मित्रता बलियो बन्नेछ । नयाँ स्थानको यात्रा रमाइलो रहनेछ । व्यापार–व्यवसायमा प्रशस्त नाफा मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा समस्या रहनेछ । मुद्दा–मामिलामा पराजय भोग्नुपर्ला । आफन्तबाट असहयोग हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तान वा अनुयायीहरुबाट ठूलो सहयोग
मिल्नेछ । शैक्षिक क्षेत्रमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तसँग भैं झगडा हुनेछ । प्रतिस्पर्धामा पछि पर्नु पर्नेछ । अपजस र आरोपको सामना गर्नु पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) लामो दूरीको यात्रा फलदायी रहनेछ । पुरानो व्यवहार मिल्नेछ । डुब्न लागेको लगानी हात लाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) बोलीको प्रभाव बढ्नेछ । बिशिष्ठ व्यक्तिबाट सहयोग मिल्नेछ । धन, मान र सम्मान मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यापारमा नाफा हुनेछ । समाजमा सम्मानित हुनुहोला । अरुले तपाईको प्रशंसा गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । स्वास्थ्यमा समस्या रहनेछ । व्यापार–व्यवसाय घाटामा चल्नेछ ।