वि.सं. २०७३ साल वैशाख २२ गते। बुधबार। इश्वी सन् २०१६ मे ४ तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वादशी, ८.४० बजेउप्रान्त त्रयोदशी।
पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अनावश्यक खर्च बढ्नेछ । अप्रिय समाचारका कारण मनमा अशान्ति बढ्नेछ । प्रतिष्ठामा आँच आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरगहना, उपहार मिल्नेछ । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ । राजनीति र नोकरीतर्पm सन्तोषजनक रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । धर्म प्राप्तिको योग रहेको छ । थालेको काममा पूर्ण सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्मकर्ममा मन लाग्ने छैन । यात्रा मनोरञ्जनका लागि मात्र हुनेछ । व्यवसाय सामान्य रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार, व्यवसायमा घाटा हुनेछ । शिक्षाको क्षेत्रमा अवरोध सृजना हुनेछ । आफन्तले असहयोग गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रता बलियो बन्नेछ । जीवनसाथीबाट पूर्ण सहयोग मिल्नेछ । आयस्रोत वृद्धि हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भैm झगडा हुन सक्छ । आफन्तले असहयोग गर्नेछन् । भुट्टो आरोप लाग्ने सम्भावना छ । स्वास्थमा बाधा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अप्रिय समाचार सुन्नुपर्ला । शोक सन्तप्त पर्ने योग रहेको छ । व्यवसायमा घाटा हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) गृहकलहको योग छ । मुद्दा–मामिलामा अल्झिनु पर्नेछ । भूमि, वाहनको नोक्सानी हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भाइबन्धुको सहयोगले महत्वपूर्ण योजनामा सफलता मिल्नेछ । धेरैको समर्थन र सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धनको नोक्सानी हुनेछ । शैक्षिक क्षेत्रमा अवरोध होला । कुटुम्बसँग भनाभन हुन सक्छ । सवारी साधन चलाउँदा ध्यान दिनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) स्वास्थ्यमा सुधार आउनेछ । घरपरिवारमा सुखशान्ति छाउनेछ । आयस्रोतमा कमि हुनेछैन । साथीभाइसँग घुमफिर होला ।