राजविराज/ जfararर्बजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएका दश वर्षदेखि फारार एक व्यक्तिलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी, कञ्चनरुप नगरपालिका–२ बरमझिया निवासी ३६ वर्षीय विजय दास रहेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । अभियुक्त दासलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराई कारागारमा पठाइने छ ।

विसं २०६२ मा सप्तरी जिल्ला अदालतले दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ महिनाको कैद सजाय सुनाएको थियो । रासस