13282312_10206250266792071_614606504_n

आन्दोलन र परिवर्तनको थलो झापा यतिबेला सुन्दरी प्रतियोगिता र सुन्दरीहरु समेटिएका कार्यक्रमले तातेको छ ।’ मिस दमक’, ‘मिस एसएलसी’ र ‘दमक रन’ लगायतका नामका ‘ब्युटी प्याजेन्ट’बाट लगभग एकै साथ ५० भन्दा बढी सुन्दरी मोडलिङको क्षेत्रमा उदाउने तयारीमा छन् ।

त्यही सुन्दरीको भिडभित्रबाट बिर्तामोडकी स्थानीय गायिका, नृत्यङ्गना एवम् मोडल श्रद्धा प्रसाईँ पनि रंगिन दुनियाँमा देखिने तयारीमा छिन् । सानैबाट गायिका र नृत्यङ्गनाका रुपमा परिचित प्रसाईँ यतिबेला व्यवसायिक रुपमै गायन, नृत्य र मोडलिङको क्षेत्रमा प्रवेश गर्ने भएपनि उनी प्रतिको चासो अन्य सुन्दरीका तुलनामा बढेको छ ।

मिस् एसएलसीकी ‘फष्ट रनर अप’ समेत रहेकी प्रसाईँ अहिले एउटा म्युजिक व्यान्डको एउटा म्युजिक भिडियोमा अभिनयका लागि अनुबन्ध समेत भइसकेकी छन् । प्रसाईँलाई पूर्वका फिल्म र भिडियो मेकरको मात्रै नभएर काठमाडौँबाट समेत कामका लागि अफर आउन थालेको छ ।

सानैमा दिदी स्वेताको नृत्यकलाबाट प्रभावित भएर नृत्य गर्न सुरु गरेको सुनाउने श्रद्धाले कक्षा–१ मा पढ्दा नै पहिलोचोटी विद्यालय स्तरीय कार्यक्रममा ‘गुराँस फुल्दा वनै घमाइलो’ बोलको गीतमा नृत्य गरेसँगै आफ्नो पाईला कला र अभिनयको क्षेत्रमा अघि बढेको र त्यो क्षेत्रप्रति मोह बढेको बताइन् ।

नृत्यसँगै सुरु भएको उनको यात्रा दिदीबाट प्रभावित रहेको र दिदीसँग अभ्यासकै क्रममा गीत गाउने र सँगै नृत्य गर्ने गर्दा गर्दै गायनमा पनि आफू चाल नै नपाई होमिएको उनको भनाइ छ । कक्षा २ मा पढ्दा पहिलो चोटी विद्यालयकै कार्यक्रममा फूलको आँखामा फूल नै संसार बोलको गीत गाएर गायन थालेको बताउने उनले तिहार सम्वन्धी गीत ‘नाचौन गाऔन’ यो तिहार बोलको गीतमा आफूले पहिलोपटक स्वर भरेको जनाइन् ।

गायन र नृत्यसँगसँगै अघि बढाउँदा अहिलेका चल्तिका गायक गायिकाले समेत आफ्नो स्वर भरेका गीतमा आफैँ अभिनय गरेको देखेपछि मोडलिङप्रति पनि लगाव र रुचि बढेको उनको भनाइ छ ।

अन्य मोडलको तुलनामा कलाका सबै विधामा निपूर्ण मानिएकी प्रसाईँ मोडलिङ र अभिनयको क्षेत्रमा व्यापक परिवर्तन र क्रान्तिको आवश्यक्ता रहेको तर्क गर्छिन । खुला रुपमा हरेक विषयमा कुरा गर्न सक्ने प्रसाईसँग कुरा गर्ने जो कोही लाई पनि उनि १७ वर्षिया एसएलसी भरखर उत्तीर्ण गरेकी युवती हुन् भनेर पत्याउन निकै मुस्किल पर्ने छ ।

गायन, नृत्य र अभिनयको क्षेत्रमा मान्छेको जति धेरै आकर्षण र ‘क्रेज’ छ त्यति नै मान्छेको हेराई नकारात्मक रहेको उनको अनुभव छ । नभई नहुने र नहेरी पनि नहुने तर राम्रो भनेर प्रशंसा गर्नुको साटो नकारात्मक कुरा नै बढि गर्ने संस्कार रहेको सुनाउँदै उनले भनिन्’ केही सिमित मान्छे खराव भए भनेर आम मान्छेलाई एउटै नजरमा हेरिनु ठीक अनि जायज हैन’ उनले थप प्रष्ट्याउँदै भनिन्’ आफ्नो हातका औँला त एकनासका र समान हुन्नन् भने कला र अभिनयको क्षेत्रमा हुने सबै एउटै हुन् भनेर बुझ्न र हेर्न हुन्न’

आम मान्छेको हेराइ र नजर गलत बनिदिँदा विदेशी कलाकार, फिल्म र गीत (संगीतका नाममा ठूलो पैसा विदेशिरहेको उनको तर्क छ । एउटै क्षेत्र र काममा रहेका विदेशिमाथि पैसा खर्च गर्न र उनीहरुलाई सम्मान दिन सक्नेले नेपाली कलाकार र गायक–गायिकालाई किन नदिने अनि किन नगर्ने ? उनले प्रश्न गरिन् । देशलाई माया गर्छु भन्नेले देशका सम्पदा, कला र उत्पादनलाई पनि माया गर्न जान्नु र सक्नुपर्छ भन्दै उनले भनिन’ एक–दुई खराब भए भन्दैमा सबै खराव भनेर मनोरञ्जन र कला क्षेत्रलाई नै कमजोर बनाइन हुन्न’

केही खराब पात्रका कारण पूरै कला क्षेत्रलाई बदनाम र निरुत्साहित गर्न नहुने त्यहाँ भित्र सुधारका लागि कोसिस गर्नुपर्ने उनको तर्क छ । उनी भन्छिन्’ परिवर्तन र अधिकारका लागि जसरी आन्दोलनहरु हुन्छन्, त्यसैगरी कला क्षेत्र भित्र परिवर्तन र कलाकारको अधिकारका लागि आन्दोलन (क्रान्ति) जरुरी छ ।’

काठमाडौँ बाहिरका कलाकारका लागि अवसरको अभाव रहेको भन्दै उनले अवसरकै लागि काठमाडौँ नधाउने बताइन् । उनले नेपाल भनेको काठमाडौँ मात्रै नभएको जिकिर गर्दै आफ्नो क्षेत्र र स्थानमै रहेर अवसर खोज्नु र बनाउनु पर्ने उल्लेख गरिन् ।

मोडलिङ र अभिनयको क्षेत्रमा अंग प्रदर्शनलाई लिएर बढि आलोचना हुने गरेको आफुले अनुभव गरेको बताउँदै भनिन्’ कतिपय ठाउँमा आवश्यक्ता भन्दा बढि नपच्ने तहसम्म गरिएको हुन्छ जसका कारण बढि आलोचना भएको हो’ तर कलालाई जीवन्त र यथार्थपरक बनाउन पर्छ जसका लागि समाज र आम मान्छेले स्विकार्ने तहसम्म हुदाँ त्यसलाई लिएर नकारात्मक धारणा बनाइनु नहुने श्रद्धाको भनाइ छ ।

उनले हिन्दी सहितका विदेशी चलचित्र हेर्ने र त्यो कुरा स्विकार्नेहरुले पनि नेपाली चलचित्र, भिडियो र कलाकारको भने त्स्तै अभिनय र तस्विरलाई लिएर आलोचना गर्नु उचित नहुने बताईन् ।

आफ्ना लागि बाबा, मामु र दिदी नै यो क्षेत्रमा अघि बढाउन सहयोगी भएका कारण त्यति असहज नभएको उनको भनाई छ । कला क्षेत्रमा देखिएपछि मान्छेको आकर्षण आफुतिर बढ्ने भएपनि त्यसले निकै तनाव हुने उनको दुखेसो छ । प्रेम प्रस्ताव राख्ने र जिस्काएर सताउने गरेको सुनाउँदै भनिन्’ पहिला त्यसरी सताउन अघि आफ्ना पारिवारिक सदस्यमाथि त्यस्तै हुँदा के होला भनेर सोच्न पर्छ’

सामाजिक गतिविधिमा गीत, संगीत, अभिनय र कलाकै क्षेत्रबाट योगदान गर्ने उनले बताइन् । ‘नेप्लिज टिन’ नामको एउटा युथ ग्रुपको सञ्चालक समेत रहेकी प्रसाईँ सेवा र परोपकारका काममा त्यो ग्रुपका सदस्यलाई जोड्न आफूले पुलको भुमिका खेल्ने जनाइन् । लगभग ६३ हजार सदस्य रहेको ग्रुपकी सञ्चालिका उनले गरिब र तल्लो वर्गका मान्छेलाई सहयोग गर्न ग्रुप बनाएको बताएकी छन् ।

निकै निडर र खुलेर कुरा गर्ने झापाली सुन्दरी श्रद्धाका हेर्नुहोस् आकर्षक तस्विरः

13234854_10206250260231907_933329837_o

13241646_10206250259031877_528697647_o

13242205_10206250259471888_1979868962_o

13262114_10206250259151880_1634735972_o

13262470_10206250259071878_1150900548_o

13271529_10206250259391886_1490635151_o

13271813_10206250266832072_350718982_o (1)

13274964_10206250258911874_1217332279_o

13275424_10206250258871873_1818194139_o

13282389_10206250260351910_988328821_o