धनकुटा /  धनकुटाको भेडेटारमा आज दिउँसो मारुती भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छजना घाइते भएका छन् ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१च ४६७३ नंdurghatanaको मारुती भ्यान भेडेटार–४ स्थित कोसी राजमार्गमा पल्टिँदा भ्यान चालक धनकुटा आँखिसल्ला–२ साप्तिङ्टारका ३९ वर्षीय पूर्णबहादुर मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी आँखिसल्ला–९ का २२ वर्षीया सुमित्रा राई, २६ वर्षीय रन्तकुमार राई, महाभारत–३ का २६ वर्षीय मकर राई, २८ वर्षीय उमेश राई, सिराहाका ३० वर्षीय विनोदकुमार महतो र २५ वर्षीया सुनिताकुमारी महतो घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि धरातस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मारुती भ्यान सडकबाट करिब २५ मिटर तल खसेको छ । दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

रासस