धरान/ ब्राह्मण समाज नेपाल, धरान नगर समितिको आयोजनामा कर्मकाण्डसम्बन्धी पाँचदिने प्रशिक्षण बिहीबार धरानमा शुरु भएको छ ।
धरान–५ स्थित गीता भवनमा भइरहेको कार्यक्रमको पहिलो दिन प्रशिक्षण दिइएको छ । कार्यक्रममा ४५ जना सहभागी छन् । सहभागीहरुलाई पण्डित धर्मराज तिम्सिना र पण्डित रमेश नेपालले सहजीकरण गरिरहेका छन् ।
कर्मकाण्डमा एकरुपता ल्याउँदै आचरण सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएको समाजका सदस्य लीलानाथ नेपालले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको उद्घाटन समाजका जिल्ला सदस्य बुद्धिविकास ओझाले गरेका थिए । समाजका नगर अध्यक्ष उद्धवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ब्राह्मण युवा समाजका नगर उपाध्यक्ष पण्डित पुरुषोत्तम नेपालले अतिथिहरुलाई स्वागत गरेका थिए ।