धरान / फिक्सिङ गरेको भन्दै विवाद र आलोचनाको घेरामा तानिएको मिस दमक प्रतियोगिताको आयोजक एडलिंक एडभरटाईजिङ ऐजेन्सीले विजेतालाई पुरस्कार समेत नदिएको खुलेको छ । टाईटल विजेताहरुलाई जनहि ५/ ५ हजार पुरस्कारको घोषणा गरीएपनि एक रुपैया उपलव्ध नगराएको र सवै पछि दिने भन्दै पन्छाएको सहभागिले जानकारी दिएका छन् । शुक्रवार सम्पन्न अन्तिम प्रतिश्पर्धामा विभिन्न १० जना प्रतियोगिलाई टाईटल उपाधि सँगै पुरस्कार पाएको घोषणा गरीएको थियो । तर उनिहरु कसैलाई पनि नगद पुरस्कार पुरस्कार नदिईएको र माग्दा पनि पछि उपलव्ध गराऊने वताएको एक सहभागिले व्लाष्ट खवर डट कमलाई वताएकी छन् । प्रतियोगिता पछिको क्षण सम्झदै उनले सर खोई त नगद पुरस्कार भन्दा ' खाएर त भाग्दैनौ नि पछि वोलाएर हामी दिने छौ ' भनेको उल्लेख गरेकी छन् । टाईटल विजेताहरु मध्ये केहीलाई त सोही विषयमा अपमानित हुने ढंगले भनिएको उनले जनाईन् । कार्यक्रममा नगद पुरस्कार दिईएको घोषणा गरेर आफुहरुलाई किन नदिएको भन्दै एकजनाले विवाद गर्न थालेपछि अपमानित गरीएको जानकारी गराउँदै उनले भनिन् ' भोली त्यसको घरमै लगेर मुखमा फ्याकिदिनु ' विजेता रुजु ढकाललाई विजयी वनाउन आयोजक समितिका पदाधिकारीले अन्तिम प्रतिश्पर्धामा निर्णायकलाई दवाव समेत दिएको र सोही विषयमा निर्णायक विच विवाद समेत चलेको स्रोतको दावी छ । विजेता ढकाल वाहेकका सवै प्रतियोगिले फिक्सिङ गरेर वनाईएकी मिस दमक प्रतियोगिताको लागि निर्णायकहरु समेतले आयोजकको कुरामा लागेर क्षमता र राम्रो प्रस्तुति दिएका माथि अन्याय गरेको जिकिर गरेका छन् । उनिहरुले फिक्सिङ गरेर वनाईएकी ढकाललाई नस्विकारीदिन र आयोजकको वेईमानिलाई साथ नदिन दमकवासी एवं सचारमाध्यमहरु सित आग्रह समेत गरेका छन् । व्लाष्ट खवरसँग कुरा गर्दै उनिहरुले तयारीका क्रममा सवैभन्दा कमजोर रहेकी ढकाललाई सोधिने प्रश्न पहिला नै दिएर तयारी गराईएको र भेडेटारमा भएको कार्यक्रममा भनिएका कुरा समेत स्विकारीसकेकाले पुन स्वतन्त्र मान्छेहरुको निगरानीमा अन्तिम प्रतिस्पर्धा गराउन या त विजेताका नाममा ढकाललाई कहि कतै पनि सहभागि नवनाउन अनुरोध गरेका छन् । उनिहरुले पुर्वाञ्चलको गरीमाका रुपमा रहेको मिस पुर्वाञ्चल कार्यक्रममा फिक्सिङ गरेर वनाईएकी मिस दमकलाई सिधै प्रवेस नदिन आयोजकसँग आग्रह समेत गरेका छन् । उनिहरुले भनेका छन् ' यदि उनले सिधै प्रवेश पाईन भने , उनलाई विजेता वनाउन गरीएको फिक्सिङमा मिस पुर्वाञ्चलका आयोजक समेत संलग्न रहेको पुष्टि हुने छ । जुन कुरा उनले समेत घुमाउरो भाषामा स्विकारी सकेकी छन् ' मिस पुर्वाञ्चल जस्तो स्थापित र पुर्वकै सवैभन्दा ठुलो सुन्दरी प्रतियोगिताका आयोजकले आफुमाथि लागेको फिक्सिङमा संलग्नताको आरोपलाई पुष्टी हुन नदिन मिस दमकका सवै प्रतियोगि विच पुन स्वतन्त्र पुर्वक छनौट गर्नु पर्ने सुझाव दिएका छन् । घोषित पुरस्कार नदिईएको र फिक्सिङ गरीएको विषयमा आयोजक एवं कार्यक्रम निर्देशक राजु कडरियाले पुरस्कार सवैलाई छिटै दिईने दावी गरेका छन् । उनले आयोजकको रक्षा गर्दै भने ' हामी छिट्टै अर्को कार्यक्रम गरेर पुरस्कार दिने छौ ' । समापन कार्यक्रममै किन दिईएन भन्ने प्रश्नमा उनले भने केही पनि वताउन सकेनन् । यसैविच मिस पुर्वाञ्चलको आयोजकका तर्फवाट दमकमा विवाद देखिएकाले कसैलाई पनि सिधै अन्तिम प्रतिस्पर्धामा सहभागि नपारीने स्पश्ट पारेको छ । आयोजकका तर्फवाट सौरभ श्रेष्ठले व्लाष्टसँग कुरा गर्दै विजेता भएकै आधारमा सिधै सहभागि वनाउने पुर्वनिर्धारीत तयारी दमकमा विवाद देखिएका कारण स्थगन गरीएको वताएका छन् । उनले दमक प्रतियोगिताका सहभागि जो कोही पनि मिस पुर्वाञ्चलमा सहभागि हुन सक्ने र त्यसका लागि विजोता सहित सवैले अडिसनवाटै अन्य प्रतियोगि जसरी छानिएर आउनु पर्ने निर्णय भएको जनाएका छन् ।