पाँचथर/विषालु च्याउ खाएर बिरामी परेका थप दुई जनाको बिहीबार ज्यान गएको छ । विषालु च्याउ खाएकै कारण पछिल्लो १० दिनमा पाँचथरका विभिन्chauन स्थानका नौजनाको ज्यान गइसकेको छ । 
थर्पु–६ का धनबहादुर माबोका ५ वर्षीय छोरा प्रशान्त माबो र फिदिम–३ जैसीडाँडाका १४ वर्षीय निसेस राईको मृत्यस भएको प्रहरीले जनाएको छ । गत १४ गते जङ्गली च्याउको तरकारी बनाएर खाएका प्रशान्त सिकिस्त बिरामी परेका थिए । धरानको वीपी प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो ।
पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि धरानको वीपी प्रतिष्ठानतर्पm लैजाँदै गर्दा बाटोमै निसेसको पनि मृत्यु भएको डीएसपी कृष्णप्रसाद कोइरालाले जनाए ।