hatayar

ब्लाष्ट खबर,

धरान/भारतीय गुण्डाहरु प्रयोग गरेर एक संसदले सर्बसाधरणमाथि आक्रमण गरेका छन् । सर्लाहि क्षेत्र नंम्मर ५का संसद जंगीलाल रायले घरेलु हतियार प्रहार गरी गाउले माथि आक्रमण गरेका हुन ।
आक्रमणमा परि  स्थानि राधेश्याम रायको गम्भिर अबस्थामा उपचार भईरहेको छ ।संसद रायको आक्रमणमा परि अन्य बृजनन्दन यादब,कपिलदेव राय  र अजयकुमार यादब घाईते भएका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भएको छ ।आक्रमण गर्ने संसद फरार छन् । फरार रहेका संसद रायले सञ्चालन गरेको स्थानिय ज्ञानोदय बोर्डिङ स्कुलबाट २ थान इटालियन पेस्तोल,११ राउण्ड गोली र एक थान बाह्र बोर बन्दुक समते बरामद गरेको सर्लाहिका डिएसपी सिताराम रिजालले जानकारी दिए ।
 आक्रमणमा संम्लग्न एक भारतीय सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सुरेन्द्र राय र स्थानिय देबेन्द्र यादबलाई पक्राउ गरिएको डिएसपी रिजालले ब्लाष्टलाई बताए ।
सर्लाहीको मलंगवा नगरपालिका ९ की आरती देवीको जग्गा मिचेर भवन निर्माण गर्न लागिएको भन्दै स्थानियले  विरोध गरेका थिए । गर्दा सांसद रायले भारतीय गुण्डाहरु प्रयोग गरी आक्रमण गरेको स्थानीयबासीले बताएका छन् ।