रमजानुल मुवारक बहुत महत्वपूर्ण महिना हो । बिहान ३ः२३ बजेदेखि बेलुकी ६ः५१ सम्म भोकै बस्नुलाई नै रोजा भनिन्छ । रोजा एउट ट्रेनिङको महिना हो । यो महिनामा जतिसुकै धनी व्यक्ति भए पनि, आपूmसँग खाने सम्पूर्ण वस्तुहरु भए पनि भोकै बसेर थाहा होस कि जुन गरिब मान्छेहरु भोकै बस्छन् । गरीबीको कारण खान नपाई बाटोमा खाना मागेर बस्नेहरुको भोकको पीडा थाहा होस् र भोकाएको मान्छेलाई खाना खुवाउन बाध्यता होस् भनेर यसो गरिन्छ । रोजा राख्ने व्यक्तिलाई अल्लाह ताला (ईश्वर) आपैंmले उक्त कार्यको मोअब्जा दिन वाचा गर्नुभएको छ । roja रोजालाई जम्मा तीन भागमा विभाजन गरिएको छ । पहिलो दश दिनसम्म अल्लाहले हामीलाई रहमत प्रदान गर्नुभएको हुन्छ । त्यसैगरी दश रमजानदेखि २० रमजानसम्म अर्थात् यो १० दिन आप्mनो जीवनमा गरेका पापहरुका लागि माफी माग्ने सुवर्ण अवसर हो । यस्तै, अन्तिम दश दिनमा जहन्नम (नर्क) बाट कसरी मुक्ति पाउने भन्नेमा विशेष ध्यान दिएर अल्लाहमा आप्mनो जीवनलाई परिवर्तन गरी आपूmले गरेका पापहरुका लागि माफी मागेर आप्mनो जीवनलाई एउटा सानो बच्चाको समान बनाउनु आवश्यक हुन्छ । अन्तिम १० दिनका बिजोर रातहरु अर्थात् २१, २३, २५, २७ र २९ औँ रातलाई अरबी भाषामा ‘शब्वेकदरको रात’ भनिन्छ । अर्थात् यी रातहरु हजारौँ रातभन्दा महत्वपूर्ण हुन्छन् । माथि उल्लेखित रातहरुमा नसुती कुरआन पढ्ने, नमाजहरु पढ्ने र आप्mनो जीवनमा गरेका पापहरुको विश्लेषण गरी अल्लाहसँग सही नियतले माफी मागेमा अल्लाहले वादा गरेका छन् कि म गेफुरुररहीम हुँ अर्थात् म रहम गर्नेवाला छु । अवश्य तिम्रा पापहरु समाप्त गर्नेछु । त्यस्तै प्रकारले रोजामा केही महत्वपूर्ण कुराहरु गर्नुपर्छ जसलाई तल उल्लेख गरिएको छ ः १. सेहरी ः बिहान ३ः२३ बजे खानेकुरालाई नै सेहरी भनिन्छ । २. ईफतार ः दिनभरि भोकै बसेर बेलुकी सूर्यास्त भएपछि ६ ः ५१ मा विभिन्न फलपूmल तथा अन्य खानेकुरालाई ईफतार भनिन्छ । ३. तराविह ः अन्य महिनाहरुमा पाँच समयको नमाजका साथै रमजानमा बढी पढिन्छ जुन अन्य ११ महिनामा पढिँदैन । उक्त नमाजको नाम नै तराविह हो । यो  नमाज बिसरिकात हुन्छ । यसमा कुरआन  एक पारादेखि ३० पारासम्म पूरै एक महिनाभित्र सुन्नु अति उत्तम हुन्छ । यो नमाज पढ्नाले धेरै नै पुण्य हुन्छ । धरान–३ स्थित अन्जुमन इस्लामियाको जामा मस्जिदमा पनि हाफिज अबु अन्जरले तराविह पढाइरहेका छन् । मुस्लिम धर्मग्रन्थ कुरआनलाई कण्ठ गरेका व्यक्तिलाई हाफिज भनिन्छ र हाफिजले नै ताराविह पढाउन सक्छन् । यो महिना पुण्य कमाउने महिना भएकोले अरु महिनाभन्दा यस महिनामा गरिने कार्यको मूल्याङ्कन ७० गुणा बढी हुने स्वयम् अल्लाहको रसुल हजरत मोहम्मदले वाचा गर्नुभएको छ । ४. जकात ः आपूmले वर्षभरि कमाएको पैसाको जकात निकाल्नु अनिवार्य छ । यस महिनामा विभिन्न मदर्साहरुमा अध्ययनरत् आमाबुबा नभएका विद्यार्थीहरुको सम्पूर्ण खर्च मदरसाले व्यहोर्ने गरेका छन् । मदर्साका कर्मचारीहरुले जकातका लागि पैसा सङ्कलन गरेर त्यस कार्यमा खर्च गर्दछन् । अनाथहरुले पनि शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर यसो गरिन्छ । फित्तरा ः जुन समयमा हामीले फित्तरा दिनुपर्ने हुन्छ, उक्त शहरमा पौने २ किलो गहुँको कति दान हुन्छ, त्यही प्रकारले घरमा भएका सम्पूर्ण सदस्यहरुका नामबाट बेग्लाबेग्ले दिनुपर्ने हुन्छ । इदको नमाज पढ्नुअगाडि घरमा कुनै बच्चाको जन्म हुन्छ भने उसको पनि फित्तरा तिर्नुपर्ने प्रावधान इस्लाममा छ । उक्त रकम जम्मा गरी गाउँ–शहरमा खुसीले चाडपर्व मनाउन नसक्ने, नयाँ लुगा किन्न नसक्ने गरीब व्यक्तिहरुको गणना गाउँ–शहरमा गरी उनीहरुको तथ्याङ्क लिइन्छ । त्यस्ता गरीब मान्छेहरुलाई चाड मनाउन कुनै किमिको कमी महसुस नहोस् भनेर उक्त रकम चाड मनाउनुभन्दा पहिले वितरण गर्नुपर्ने हुन्छ । यदि फित्तरा रकम नमाज इदभन्दा पहिले सम्बन्धित व्यक्तिहरुकहाँ पुग्न सकेन अर्थात् उक्त पैसा निकाल्न सकिएन भने रमजानमा राखेको रोजा पृथ्वी र आकाशको बीचमा झुण्डिरहेको हुन्छ । एक महिनासम्म रमजानको रोजा राखी जुन दिन चन्द्रमा निस्किन्छ, त्यसको भोलिपल्ट मनाउने चाडलाई नै ‘इदुल फित्तर’ भनिन्छ । विभिन्न सञ्चारमाध्यमबाट मुस्लिमहरुको चाड रोजा शुरु भएको चर्चा सुनिन्छ तर वास्तवमा ‘रोजा’ चाड होइन । रोजा समाप्त भएपछि भोलिपल्ट मनाइने ‘इदुल फित्तर’ लाई चाड भनिन्छ । यस पर्वमा ‘इदगाह’ अर्थात् खुल्ला मैदानमा गई दुई रिकात नमाज पढिन्छ र राम्रो–राम्रो लुगा लगाई एक–अर्कामा गला मिलाएर अर्थात् अङ्गालो मारी खुसी व्यक्त गरिन्छ । साथै, एकताको सन्देशसमेत दिन्छन् । अन्त्यमा, म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मुवारक महिनाको र इदुल फित्तरको शुभकामना दिँदै सम्पूर्ण मुस्लिमहरुलाई के भन्न चाहन्छु भने पापका कामहरुलाई छोडी रमजानको रोजा बसेर अनुशासनका साथ नमाजहरु पढौँ र तराविहसमेत पढी जकात फित्तराको रकम सम्बन्धित व्यक्तिको नजिकसम्म पुयाऊँ । यसो गरे बढीभन्दा बढी पुण्य हासिल हुन्छ । (लेखक धरान–३ को अन्जुमन इस्लामियाका सचिव हुन् ।)