धरान/सुचना प्रबिधिको क्षेत्रमा नेपालले फड्को मार्दै गईरहेको छ । बैज्ञानिक अध्ययन र अनुसन्धानका लागिपनि नेपालले प्रयास गरिरहेको छ । पछिल्लो समय नेपालले चन्द्रमामा रकेट बठाउने योजना बनाउन थालेको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकांक्षी योजनाले ल्याएको हो । [caption id="attachment_4002" align="alignright" width="650"]ro फोटो नेपाली पत्रबाट[/caption] बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गोष्ठीमा रकेट प्रक्षेपणका लागि संस्थाले नगरकोटमा वेदशाला गरेको जानकारी दिईएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पु¥याउने क्षमता आफूहरुमा भएको जानकारी दिएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी समेत दिए । सो संस्थाका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए । खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना लिएर सरकारले लगानी बढाउनुर्पेमा जोड दिए ।रकेट परिक्षण गर्ने बिषय महत्वकाक्षि भएपनि देश बिकाशका लागि सहयोगी साबित हुने खनालले जानकारी दिए ।