सुरक्षाकर्मी मजदुरलाई पुर्नबहाली गर्न माग
धरान / सुरक्षाकर्मी मजदुर गोपी योगीलाई केटिएम सेक्युरिटी सर्भिस प्रालिले निस्कासित गरेकोप्रति खेद व्यक्त गर्दै पुर्नबहाली गर्न विभिन्न संघ संस्थाहरुले माग गरेका छन् ।
चैत्र १६ गतेको घटनालाई लिएर मजदुर निकालेको प्रति एक दर्जन संस्थाले विज्ञप्ति प्रकाशित गर्दै पुर्नबहालीको माग गरेका हुन् । अहिले नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन प्रतिष्ठाई इकाई कमिटीले गरिरहेको आन्दोलनमा एक्यवद्धतासमेत रहेको विज्ञप्तिमा खुलाएका छन् । योगीलाई पुर्नबहाली गर्न आनाकानी गर्दै कुनै बहानाबाजी गरिएमा सशक्त आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाइ, क्युपेक नेपाल धरान नगर कमिटी, नेपाल अटोमेकानिक ट्रेड युनियन धरान इलाका, नेपाल सफाई मजदुर युनियन धरान, नेपाल महिला स्वास्थ्य स्वयमसेवी संघ, गृहश्रमिक ट्रेड युनिय धरान, समग्र उद्योग ट्रेड युनियन घोपा धरान, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो इकाई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्टेण्ड इकाई रहेका छन् ।
त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लोडअनलोड ईका, नेपाल स्वरोजगार व्यापार संघ धरान र निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सू) नेपाल धरान नगरले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै पुर्नबहालीको लागि माग गरेका हुन् । यि सबै संगठन एमाले निकट हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































