धरान/फुटबलमा को कतिखेर चम्किन्छ त्यो थाहा हुदैन् । जसरी २०१६ को युरो कपको फाइलन खेलमा १०९ औं मिनेटमा ‘अग्ली डकलिङ्ग’ भनेर पोर्चुगल फ्यानले उपहांस गर्ने खेलाडी एडरजिटो एन्टोनियो मासिडो लोपेज अर्थात् एडर चम्किए । eder त्यस अघिसम्म उनी पोर्चुगलका छाँया खेलाडी हुन् । २२ डिसेम्बर १९८७ मा जन्मिएका २८ वर्षे फरवर्ड खेलाडी एडर गिनी–विसाउको एट्लान्टिक महासागरको तटमा रहेको गावा नदी किनारमा पर्ने गाउँमा जन्मिएर बच्चामै पोर्चुगलमा पुगे । पश्चिम अफ्रिकी मुलुकमा पर्ने उक्त देशबाट आमाबुबाले पाल्न नसकेपछि उनलाई पोर्चुगलको एक परिवारले अपनायो । त्यहीबाट आफ्नो फुटबल करियर थालेका उनलाई ‘अग्ली डकलिंग’ उपनामले पोर्चुगलमा उपहांस गरिन्थ्यो । कालो जातिमाथि हुने हिंसा स्वरुप उनले यो उपनाम पाएका थिए । पोर्चुगलमा यो नामको सामाना उनले धेरैपटक गरे । अन्ततः पोर्चुगलको इतिहासमा जीत दिलाएपछि उक्त उपनाम सायद मेटिने छ । त्यही एडरले २०१४ को विश्वकप छनौटका लागि २०१२ मा भएको ‘छनौट चरणमा’ भाग लिएका थिए । अन्ततः ब्राजिलमा भएको त्यो विश्वकपमा उनी अन्तिम २३ मा छनौटमा परे । तर, बेन्च खेलाडीमा सिमित भए । उनी घाइते खेलाडीहरुको बदलामा मात्रै मैदानमा प्रवेश गरेका थिए त्यो विश्वकपमा । तत्कालीन समयमा जर्मनी र अमेरिकासँग पराजित भएको पोर्चुगलले राम्रो प्रदर्शन नगरेपछि घर फिर्न बाध्य बनेको थियो । त्यो बेलामा एडर गुमनाम थिए । अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे पनि उनको लागि २०१४ को विश्वकप सहभागिता मै सिमित भयो । पोर्चुगलका फरवर्ड तथा तीनपटकको फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो जस्ता स्ट्राइकरका अघि एडरको भूमिका गौण मात्रै हैन, लगभग सून्य नै थियो । विश्वकपको २ वर्षपछि त्यही एडरले ९५ वर्षे पोर्चुगलको इतिहासमा नसोचेको उपाधि दिलाइदिए । र, पनि उनको चर्चा छाँयामै परिरह्यो । लगभग २५ मिनेट मात्रै मैदानमा खेलेर बाहिरिएको रोनाल्डोले नै एडरको भाग्यमानी गोलको बिल्ला भिरे । सन् २००४ को युरो कपमा आफ्नै घरेलु मैदानमा तत्कालीन समयका लुइस फिगो जसलाई जर्वजस्त फुटबलरको संज्ञा दिइन्छ । उनले जित्न नसकेको ट्रफीमा एडरले २०१६ मा लाहाछाप लगाइदिए । ९५ वर्षे फुटबल इतिहासमा पहिलो पटक पोर्चुगलले ठूलो उपाधि हात पार्यो । त्यो पनि आयोजक फ्रान्ससँग १९८४, २००० र २००६ को हारको बदला चुकाउँदै उसकै घरेलु मैदानमा च्याम्पियन बने। एडरले १०९ औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार फ्रान्सका गोलरक्षकले रोक्न सकेनन् । त्यो गोल एडरको चौथो अन्तर्राष्ट्रिय गोल थियो । तर, उपाधिको लागि भएको खेलको पहिलो अन्तर्राष्ट्रिय गोल । अहिलेसम्म उनले आफ्ना क्लब स्वान्सी सिटीमामा पनि चमत्कारिक प्रदर्शन गर्न सकेका थिएनन् । १३ खेल खेले तर, एक गोल पनि गर्न सकेका थिएनन् । गिनी विसाउमा जन्मिएर पनि आफ्नो कर्मभूमि देश पोर्चुगलको लागि चामात्कारिक गोल मात्रै गरेनन्, देशलाई ठूलो उपाधि दिलाउँदै अन्तर्राष्ट्रिय स्तरमा जर्वजस्त नाम लेखाउन सफल बने । तर, पनि एडरको चर्चा रोनाल्डो माथि हुन सकेन् । फेरि पनि रोनाल्डोको छायाँमा परे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि राष्ट्रिय सञ्चारमाध्यममा पनि एडरको भन्दा बढी चर्चा रोनाल्डोको भयो । एडर भाग्यमानी खेलाडी बने पनि उनको गोलको चर्चा अन्य खेलाडीको तुलनामा कम नै रह्यो । तर, उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अन्तर्वार्ताको क्रममा आफू पोर्चुगलको जितको कारण बन्न पाउँदा खुसी लागेको बताएका थिए । उनले भनेका थिए ‘आज यो स्थानमा आउँदा मलाई गर्व लागेको छ, मलाई गर्व छ कि म गिनी बिसाउमा जन्मिए, मलाई गर्व छ कि म पोर्चुगलमा छु । मैले मेरो जिन्दगी यहीँ बिताएको छु । यो निकै राम्रो अनुभव हो ।’ यसकारण छाया खेलाडी थिए सेन्टर फरवर्डको रुपमा रहे पनि एडरले त्यस्तो कुनै चमात्कारिक खेल देखाउन सकेका थिएनन् । आफ्नो देशको लागि २८ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बने पनि उनले ३ गोल मात्रै गर्न सकेका थिए । त्यो पनि मैत्रीपूर्ण खेलहरु मात्रै । उनले आफ्नो पूर्व क्लव इपिएल स्वान्सि सिटीबाट १३ खेल खेले पनि कुनै गोल गर्न सकेका थिएनन् । उनले खेलमा राम्रो भुममेन्ट त गर्न सक्छन् । तर, गोलमा उनको प्रदर्शन उत्कृष्ट हुन्थेन् । जसका कारण पनि प्रशिक्षक, व्यवस्थापकले उनलाई बेन्च खेलाडीमा सिमित गर्ने गरेको थियो । रोनाटो साञ्चेज जो पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कान्छा खेलाडीको सब्सिच्युटमा मैदान प्रवेश गरेका थिए एडर । उनी ७९ मिनेटमा मैदानमा प्रवेश गरेर १३ मिनेटको अवधिमा गोल गर्न सफल बनेका थिए । Football Soccer - Portugal v France - EURO 2016 - Final - Stade de France, Saint-Denis near Paris, France - 10/7/16 Portugal's Eder celebrates after scoring their first goal  REUTERS/Kai Pfaffenbach Livepic व्यवसायिक खेलको सुरुवात एडरले २००८ देखि व्यवसायिक खेलको सुरुवात गरेका थिए । हाल उनी फ्रेन्च क्लव लिली ओएससीमा फरवर्डको रुपमा छन् । तर, उनले आफ्नो व्यवसायिक खेल जीवनको सुरुवात भने ट्युरिजेन्सा प्रिमियर लिगबाट थाले । एकवर्षको उनको त्यहाँको अनुभवपछि एकेडेमिका क्लवमा अनुबन्धित हुँदै चारवर्ष त्यहाँ रहे । त्यसपछि उनी एससी बार्गा नामक क्लवमा अनुबन्धित भए । तीनवर्ष उक्त क्लवमा खेलेपछि उनी स्वन्सी सिटीमा रहेर खेले । हाल उनी लिलीमा अनुबन्धित छन् ।