[caption id="attachment_7172" align="alignnone" width="778"]pulsar award तस्विर सन्तोष काफ्ले[/caption]

काठमाण्डौं  / बर्ष पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा फुलबल विधाले बर्चश्व जमाएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा  विहिबार काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा  सम्पन्न कार्यक्रममा ९ मध्ये ५ अवार्डमा फुटबलले कब्जा जमाएको छ ।

फुटवलका नायक नवयुग श्रेष्ठ ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ पुरुष तर्फको विधामा अवार्ड जित्न सफल हुदा फुटबलकै  अन्जन विष्टले  बर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे । फुटबलकै  बालगोपाल महर्जनले  उत्कृष्ट प्रशिक्षक  अवार्ड हात पारे । पूर्व फुटवल खेलाडी   श्रीराम रन्जितकारलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । गत बर्ष निधन भएका एन्फाका कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोप्रान्त बिशेष सम्मान  प्रदान गरियो  । श्रेष्ठले फुटवल खेलको विकास तथा विस्तारमा उल्लेखनिय योगदान पुराएको भन्दै मञ्चले उनकी धर्मपत्नी निरु श्रेष्ठलाई सम्मान गरेकोे हो । बर्ष पल्सर स्पोर्ट्स अवार्ड २०७२   महिला तर्फ भने जुडोकी फुपु ल्ह्मु खत्रीले   अवार्ड  हात पारिन्  ।    अवार्डसंगै बर्ष खेलाडी श्रेष्ठ र खत्रीलाई एक÷एक थान पल्सर मोटरसाईकल प्रदान गरीएको छ ।  पिपुल च्वाईस अवार्डमा टेवलटेनिसकी खेलाडी नमिता श्रेष्ठले हात पार्न सफल भईन । मनोनयनमा परेका खेलाडीहरु मध्ये भोटिङ सिस्टमको आधारमा श्रेष्ठले ३३ हजार ५ सय ५५ भोटले पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन । अवार्डसंगै उनले एक थान पल्सर मोटरसाईकल प््रााप्त गरेकी हुन । श्रेष्ठले एक लाख ५० हजार ५ सय ११ भोट ल्याएकी हुन भने भलिवल खेलाडी प्रतिभा मालिले एक लाख १६ हजार ९ सय ५६ भोट ल्याएकी हुन । तेश्रो स्थानमा रहेका फुटवलका नवयुग श्रेष्ठले १३ हजार ७५ भोट ल्याएको मञ्चका महासचिव प्रकाश तिमिल्सिनाले बताए । त्यसै गरी गत बर्ष निधन भएका एन्फाका कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोप्रान्त बिशेष सम्मान गरीएको छ । श्रेष्ठले फुटवल खेलको विकास तथा विस्तारमा उल्लेखनिय योगदान पुराएको भन्दै मञ्चले उनकी धर्मपत्नी निरु श्रेष्ठलाई सम्मान गरेकोे हो । फरक विधाको  पारा एथलिटमा एथ्लेटिक्सकी सिता भण्डारीले  अवार्ड जित्न सफल भईन । बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्ष्ँक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०/५० हजार रुपैया“ प्रदान गरीएको छ । अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गर्नेछन् । मनोनयनमा परेका सबै खेलाडी÷प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोर्ट्सको उपहार प्रदान गरीएको छ । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । विनासकारी भूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण हुन सकेन । वैशाख, २०७२ मा गएको महाभुकम्पमा करिब नौ हजार नेपालीसँगै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन बम्जनले पनि ज्यान गुमाएका थिए । खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित् सम्मानको रुपमा स्थापित रहेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए । २०५३ सालमा आयोजना गरिएको यस अवार्ड २०६० सालदेखि निरन्तर हुदै आएको छ ।