भारत सहयोग गर्न तयार
काठमाडौं / भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उसले नेपाल सरकारले आग्रह गरेमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले त्यस्तौे प्रतिबद्धता जनाएका हुन् ।
विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट हामी दुःखी छौं । यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार छ ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























