ताप्लेजुङ / ताप्लेजुङमा सञ्चालन हुन लागेको पाथिभरा गोल्डकप फुटबलको कपमा दुई तोला सुन लेपन गरी निर्माण गरिने आयोजकले बताएको छ ।
आयोजकका अनुसार दुई किलोको चाँदीको कपमा दुई तोला सुन लेपन गरिन लागिएको हो । जिल्लाकै सबैभन्दा ठूलो कपको रुपमा रहेको बताइएको छ ।
पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले जनाए अनुसार यस अघि कञ्चनजंघा नाम राखी प्रतियोगिता गराउने गरिएको थियो । प्रतियोगिताका लागि तिर्थयात्रीले पाथिभरा मन्दिरमा चढाएको चाँदी र सुनको प्रयोग गरी कम निर्माण गरिन लागिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले जानकारी दिए ।
कप निर्माणमा करिब ३ लाख ५० हजार खर्च भएको बताईएको छ । प्रतियोगिता साउन २८ गते देखि सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा सुरु हुने बताइएको छ । प्रतियोगितामा भारतको सिक्किम, भुटान, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ८ टिम सहभागी हुने छन् ।