धरान/बर्षौ देखि पुरुष राष्ट्रप्रमुखले हेर्दै आएको रातो मछिन्द्र नाथको भोटो हेर्ने परम्परा यस बर्ष तोडिएको छ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मच्छिन्द्रनाथको भोटो नजर गरेकी छन् ।भोटो जात्रामा सहभागी हुने भण्डारी नेपालकै पहिलो महिला राष्ट्रप्रमुख हुन् । Rato-Machchindranath शुक्रबार जाउलाखेल चोकमा राष्ट्रपति भण्डारीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश लगायत विशिष्ट अतिथिहरु जावलाखेल पुगेका थिए । बहुमूल्य हिरामोती जडित भोटोलाई प्रदर्शन गरी सुरक्षित रुपमा राख्ने र हरेक वर्ष प्रदर्शन गर्ने परम्परा छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।