बाढीबाट मृत्यु
हुम्ला / दक्षिणी भेगमा पर्ने मदन गाविस– ९ का ३९ वर्षीय असौजे नेपालीको दाउरा ल्याउने क्रममा लोपाटा खोलामा आएको बाढीमा परी आज मृत्यु भएको छ ।
सो बाढीबाट एक गाई समेत मरेको सोही गाविसका कुम्ब बुढाले फोनबाट जानकारी गराए । यसैबीच कालिका गाविसमा अज्ञात रोगबाट १६ गाईवस्तु मरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























