स्वास्थ्य चौकीमा दरवन्दी अनुसारका डाक्टरहरु भएपनि उनीहरु आपूmलाई मन लागेको बेलामात्र मात्र कार्यालय आउने गर्दा सर्वसाधारण बिरामीले भेट्न मुश्किल पर्ने गरेको स्थानीय अगुवा बद्री अधिकारीले बताए । उनले सर्वसाधारणले स्वास्थ्य चौकीमा जाँदा डाक्टर नै भेट्टाउन गाह्रो भएको बताउँदै कर्मचारीकै लापरवाहीले स्वास्थ्य चौकीको बेहाल भएको बताए । ‘डाक्टर आएपनि एक घण्टा बस्छन्, सर्वसाधारणलाई भेट्न हम्मेहम्मे पर्छ’, अधिकारीले भने । स्वास्थ्य चौकी परिसर समेत दुर्गन्धित भएको उनले बताए ।
डाक्टरहरु मन लाग्दा आउने अरु बेला नआउने गर्दा स्वास्थ्य चौकीको अवस्था दयनीय बन्दै गएको स्थानीयवासी आरोप लगाउँछन् । अस्पताल टोल विकास संस्था इटहरी–८ का अध्यक्ष विजय केसीले स्वास्थ्य चौकी नामैमात्रको भएको आरोप लगाए । ‘बिरामी आउँदा उपचार, औषधी पाइँदैन’, उनले भने । फोहोर तथा घाँस उम्रेर स्वास्थ्यचौकी दुर्गन्धित भइरहेपनि कर्मचारीले ध्यान नदिएको उनले बताए । उपचारको लागि आउने बिरामी दुर्गन्धका कारण उल्टै बिरामी भएर जाने स्थिति रहेको उनको भनाइ छ ।
यता प्राथमिक स्वास्थ्य चौकीका लेखा तथा प्रशासनका देवेन्द्र देवानले भने स्वास्थ्य चौकीमा थुप्रै कमजोरी रहेको स्वीकार गरे । उनले अस्पताल परिसर सफा सुग्घर गर्न बजेट नै नभएको बताए । उनले बाढी आउँदा स्वास्थ्य चौकीभित्रै पसेर फोहोरहरु ल्याउने गरेको जनाउँदै आगामी दिनमा सफासुग्घरमा ध्यान दिँदै जाने बताए ।
आइतबार पनि कार्यालय प्रमुख र सहायक प्रमुख दुवैजना कार्यालय आएका थिएनन् । देवानले जीवनजल, झाडापखला लाग्दा चढाइने पानी, एसीलक, एमोक्सी, चिलाउँदा लगाउने औषधी, लुतो लगायतका औषधीहरु स्वास्थ्य चौकीमा नरहेको जानकारी दिए । ‘अरु औषधी पनि कमै मात्र छ’, उनले थपे ।
११ जना दरबन्दी रहेको स्वास्थ्य चौकीमा २२ कर्मचारीले सरकारी सेवा–सुविधाको तलब खाँदै आएका छन् । विभिन्न राजनीतिक दलको सिफारिसमा कर्मचारी भर्ना गर्ने ठाउँ जस्तै बनेको यो स्वास्थ्य चौकीमा सर्वसाधारणले सेवा लिन नसकेको स्थानीयवासीको गुनासो छ । जनताले दिएको सहयोगबाट स्थापना भएको स्वास्थ्य चौकीको स्वामित्वमा १२ कठ्ठा जग्गा छ । जनताले धेरै जमिन र राम्रो भवन जोडिदिएपनि सरकारी बेवास्ता र कर्मचारीको लापरवाहीले सेवा–सुविधा भने नपाएको स्थानीय मन्दीप भट्टराई बताउँछन् ।
यता जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारीले औषधीको हाहाकार चाहिँ भइनहालेको बताए । ‘अहिलेसम्मको औषधी गत आर्थिक वर्षको हो, बजेट आएपछि औषधी खरीद गरेर यो आर्थिक वर्षको औषधीहरु दिन्छौं’, उनले भने । स्वास्थ्य चौकीमा कर्मचारीहरु समयमा नआउने र समय अवधीभर नबसेको पाइए त्यसलाई कडाइ गर्ने उनले बताए । आर्थिक अभावको कारण इटहरीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा केही समस्या भएको उनको स्वीकारोक्ति छ । प्राथमिक स्वास्थ्य केन्द्रमा गत आर्थिक वर्षमा २३ हजार बिरामीले उपचार पाएको तथ्याङ्क छ । स्वास्थ्य चौकीमा निःशुल्क पाइने औषधी अभाव
तरहरा/सुनसरीको इटहरीमा रहेको प्राथमिक स्वास्थ्य चौकी कर्मचारीहरुकै लापरवाहीका कारण आपैंm बिरामी छ । स्वास्थ्य कर्मचारीको लापरवाहीका कारण सर्वसाधारणले राम्ररी उपचार नपाएको स्थानीय अगुवाहरुले आरोप लगाएका छन् ।
स्वास्थ्य चौकीमा दरवन्दी अनुसारका डाक्टरहरु भएपनि उनीहरु आपूmलाई मन लागेको बेलामात्र मात्र कार्यालय आउने गर्दा सर्वसाधारण बिरामीले भेट्न मुश्किल पर्ने गरेको स्थानीय अगुवा बद्री अधिकारीले बताए । उनले सर्वसाधारणले स्वास्थ्य चौकीमा जाँदा डाक्टर नै भेट्टाउन गाह्रो भएको बताउँदै कर्मचारीकै लापरवाहीले स्वास्थ्य चौकीको बेहाल भएको बताए । ‘डाक्टर आएपनि एक घण्टा बस्छन्, सर्वसाधारणलाई भेट्न हम्मेहम्मे पर्छ’, अधिकारीले भने । स्वास्थ्य चौकी परिसर समेत दुर्गन्धित भएको उनले बताए ।
डाक्टरहरु मन लाग्दा आउने अरु बेला नआउने गर्दा स्वास्थ्य चौकीको अवस्था दयनीय बन्दै गएको स्थानीयवासी आरोप लगाउँछन् । अस्पताल टोल विकास संस्था इटहरी–८ का अध्यक्ष विजय केसीले स्वास्थ्य चौकी नामैमात्रको भएको आरोप लगाए । ‘बिरामी आउँदा उपचार, औषधी पाइँदैन’, उनले भने । फोहोर तथा घाँस उम्रेर स्वास्थ्यचौकी दुर्गन्धित भइरहेपनि कर्मचारीले ध्यान नदिएको उनले बताए । उपचारको लागि आउने बिरामी दुर्गन्धका कारण उल्टै बिरामी भएर जाने स्थिति रहेको उनको भनाइ छ ।
यता प्राथमिक स्वास्थ्य चौकीका लेखा तथा प्रशासनका देवेन्द्र देवानले भने स्वास्थ्य चौकीमा थुप्रै कमजोरी रहेको स्वीकार गरे । उनले अस्पताल परिसर सफा सुग्घर गर्न बजेट नै नभएको बताए । उनले बाढी आउँदा स्वास्थ्य चौकीभित्रै पसेर फोहोरहरु ल्याउने गरेको जनाउँदै आगामी दिनमा सफासुग्घरमा ध्यान दिँदै जाने बताए ।
आइतबार पनि कार्यालय प्रमुख र सहायक प्रमुख दुवैजना कार्यालय आएका थिएनन् । देवानले जीवनजल, झाडापखला लाग्दा चढाइने पानी, एसीलक, एमोक्सी, चिलाउँदा लगाउने औषधी, लुतो लगायतका औषधीहरु स्वास्थ्य चौकीमा नरहेको जानकारी दिए । ‘अरु औषधी पनि कमै मात्र छ’, उनले थपे ।
११ जना दरबन्दी रहेको स्वास्थ्य चौकीमा २२ कर्मचारीले सरकारी सेवा–सुविधाको तलब खाँदै आएका छन् । विभिन्न राजनीतिक दलको सिफारिसमा कर्मचारी भर्ना गर्ने ठाउँ जस्तै बनेको यो स्वास्थ्य चौकीमा सर्वसाधारणले सेवा लिन नसकेको स्थानीयवासीको गुनासो छ । जनताले दिएको सहयोगबाट स्थापना भएको स्वास्थ्य चौकीको स्वामित्वमा १२ कठ्ठा जग्गा छ । जनताले धेरै जमिन र राम्रो भवन जोडिदिएपनि सरकारी बेवास्ता र कर्मचारीको लापरवाहीले सेवा–सुविधा भने नपाएको स्थानीय मन्दीप भट्टराई बताउँछन् ।
यता जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारीले औषधीको हाहाकार चाहिँ भइनहालेको बताए । ‘अहिलेसम्मको औषधी गत आर्थिक वर्षको हो, बजेट आएपछि औषधी खरीद गरेर यो आर्थिक वर्षको औषधीहरु दिन्छौं’, उनले भने । स्वास्थ्य चौकीमा कर्मचारीहरु समयमा नआउने र समय अवधीभर नबसेको पाइए त्यसलाई कडाइ गर्ने उनले बताए । आर्थिक अभावको कारण इटहरीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा केही समस्या भएको उनको स्वीकारोक्ति छ । प्राथमिक स्वास्थ्य केन्द्रमा गत आर्थिक वर्षमा २३ हजार बिरामीले उपचार पाएको तथ्याङ्क छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।