विजयपुर/सरकारी पदको दुरुपयोग गर्दै अबैध काम गर्ने स्वास्थ्य चौकी भरौलका प्रमुख उमेशप्रसाद मेहतालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख (सिडिओ) मोहन चापागाईको निर्देशनमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चक्रघट्टिका प्रमुख इन्पेक्टर अनिलकुमार पौडेलले मेहतालाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालयमा बुझाएको जानकारी दिए । प्रहरीले मेहताले अबैधरुपमा सञ्चालन गरेको ‘ वराह उपचार तथा ल्याब क्निक’पनि सुनसरी प्रशासनले बन्द गराएको छ । [caption id="attachment_8549" align="alignnone" width="482"]umes-meheta स्वास्थ्य चौकी भरौलका कार्यालय प्रमुख तथा हेल्थ एसिस्टेन उमेशप्रशाद मेहता ।[/caption] भरौल गाबिसमा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहेताले अबैध रुपमा मेडिकल सञ्चालन गरि सार्बसाधरणलाई ठगि गरिरहेको समाचार ब्लाष्ट खबरले सार्बजनिक गरेको थियो । सोमबार बिहान साढे आठ बजेनै प्रहरीले मेहेतालाई पक्राउ गरेको थियो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले ‘अबैध रुपमा सञ्चालन गरेको मेडिकल बन्द गराएर अनुसन्धान सुरु गरेको जानकारी दिए । पक्राउ परेका मेहेतालाई मङगलबार १० बजे पुनः जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुेन गरि बिषेश निगारानीमा छाडिएको प्रमुख जिल्ला अधिकारी चापागाईले ब्लाष्टलाई जानकारी दिए । ‘निजामती तथा स्वास्थ्य ऐन अनुसार अनुसन्धान सुरु गरिएको छ प्रमुख जिल्ला अधिकारी चपागाईले भने ‘सरकारी पद र निती नियमको उल्लङघन गर्नेलाई कारबाही हुन्छ । ’मेहेताले स्वास्थ्य चौकीबाट २० मिटरकै दुरीमा अबैधरुपमा मेडिकल सञ्चालन गरेका थिए । मेहेताको कर्तुतका बारेमा स्थानियले गुनासो गरेपछि ब्लाष्ट खबरले खोजी सुरु गरको थियो । मेहेताले सरकारी निती तथा अख्तियारीको समेत दुरुपयोग गरेको स्थानियको गुनासो आएको थियो ।भरौल गाबिसकी सचिब सोभा दाहालले स्वास्थ्य चौकी ब्यबस्थापन समितीको बैठक मङगलबार राखेर कार्यालय ब्यबस्थापन र सेवा प्रबाहलाई चुस्त राख्न पहल गर्ने बताईन । गाबिस सचिब स्वास्थ्य चौकी ब्यस्बस्थापन समितीको अध्यक्ष समेत हुन् । डेडबर्ष देखि कर्मचारीलाई तलब नदिएको खुलासा विजयपुर/यसै बिच स्वास्थ्य चौकीका करारमा काम गर्ने एक कर्मचारीलाई स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहेताकै कारण तलब समेत नपाएको अर्को रहस्य खुलेको छ । २०६८ साल देखि स्वास्थ्य चौकीमा काम गर्दै आएकी मिरा राजधामीलाई डेड बर्ष देखि तलबनै नदिई काम लगाईएको पाईएको हो । मिरालाई आन्तरिक श्रोतबाट तलब दिने ब्यबस्था मिलाईएको थियो । गाबिसले पनि स्वास्थ्य चौकी ब्यबस्थापनका लागि भनेर ३६ हजार रुपैया मिराकै तलब प्रयोजनका लागि छुट्टाउदै आएको थियो । स्वास्थ्य चौकी प्रमुख मेहेताले गाबिसबाट पैसा नआएकाले तलब दिन नसकीएको बताएका थिए । तर गाबिस सचिब सोभा दाहालले स्वस्थ्य चौकीबाट रकम माग गरेको कुनै पनि पत्र नआएकाले पैसा निकाशा गर्न नसकिएको जानकारी दिईन । ‘हामीले बजेत छुट्याएर ठिक्क पारेका छौं सचिब दाहालले भनिन् ‘ स्वस्थ्य चौकीबाटै बजेट उपलब्ध गराउने ब्यहारोको पत्र नआएपछि हामीले कसरी पैसा दिने’। कर्मचारी मिराले आफु डेडबर्ष देखि बिना तलब काम गरि रहेको बताईन । प्रमुख मेहेताले ब्यक्तिगत स्वागर्थ र रिसीइबीका कारण गाबिसमा पैसा माग गर्दै पत्र नपठएको उपस्वस्थ्य चौकी श्रोतले जानकारी दियो ।