तीन शक्तिबीच तीनबुँदे सहमति
काठमाडौँ / नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको काँग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।
तीन पक्षका बीचमा भएको सहमति केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































