धरान / स्पेनिस क्लव बार्सिलोनाले गए राति लिभरपुलसँग हालसम्मकै लज्जास्पद हार बोहोर्न सफल भएको छ ।
बार्सिलोनालाई ४–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको छ । लिभरपुलले १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता कायम गरेको थियो । दुबै टिम बराबरी पोजिसन कायम गरिरहे पनि केही समय बार्सिलोनाले बल आफ्नो काबुमा राखेको थियो । तर, स्कोर नगरिरहेको बेला बार्साका जाभियर मासेरानाले आत्मघाती गोल गरेपछि लिभरपुललाई थप फाइदा भएको थियो । त्यसपछि ओरगी र मार्को गुर्जिकले गोल गर्दै लिभरपुललाई जित निश्चित पारे ।
यता मेसी र लुइस सुआरेजसहित मैदानमा उत्रिए पनि उनीहरुले कुनै जाँदु देखाउँ सकेनन् । उनीहरुले खेलमा केही प्रहारहरु बुने पनि मेसीको प्रहार गोलको बारमा लागेर फर्किएको थियो । बार्सा र लिभरपुरको खेल हेर्नको लागि बेल्बलीमा करिव ९० हजार दर्शक उपस्थित भएको बताइन्छ । बार्सा र लिभरपुलको यो मैत्रीपूर्ण खेल हो ।