इटहरी/ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा इटहरीमा सप्ताहव्यापी कार्यक्रम शूरु भएको छ । युवा विकास केन्द्रको संयोजन तथा तथा इटहरीमा सक्रीय विभिन्न संघ संस्थाको आयोजनामा युवा महोत्सव सहितका कार्यक्रम सार्वजनिक गर्दै सप्ताहव्यापी कार्यक्रम शूरु भएको हो ।
सप्ताह व्यापी कार्यक्रमको उद्घाटन शनिबार इटहरीमा सरसफाई गरी शूरु भएको छ । सो अभियान सप्ताह भरी रहने कार्यक्रम संयोजक सञ्जय चौधरीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबारनै विकासका लागि शशक्तीकरण केन्द्र (क्लिन नेपाल) को आयोजनामा युवा नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । युवा परिषद्का सुनसरी अध्यक्ष हर्कजंंघ एभेङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा युवा सञ्जाल नेपालका महासचिव अरुण खड्का, कीप इटहरी क्लिनका अभियन्ता सन्दीप पौडेल, ट्वीटेरियन सोसाइटीका अध्यक्ष हिरा अनमोल, युवा विकास केन्द्रका कार्यक्रम निर्देशक निराजन खड्का, इटहरी जेसिजका उपाध्यक्ष युवराज काफ्ले लगायतको उपश्थितीमा भएको कार्यक्रममा युवा नीति र युवाको भूमिका विषयमा जानकारी गराइएको आयोजक संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेलले बताइन् । यसै गरी सप्ताह व्यापी कार्यक्रम अुनसार सप्ताह व्यापि रक्तदान विषयक सडक सचेतना कार्यक्रम, क्याप्सन लेखन प्रतियोगिता स्लो बाईक रेसिङ्ग प्रतियोगिता पनि शनिबारनै सम्पन्न भएको छ । इटहरी रोट¥याक्ट क्लब अफ ईटहरीको आयोजनामा सो प्रतियोगितामा ३३ जनाको सहभागिता भएका थिए । प्रतियोगितामा दिपक सरदार पहिलो, सुरेश कार्की दोस्रो र अमृतजंघ कार्की तेस्रो भएकोका आयोजक क्लबका अध्यक्ष विकल पौडेलले जानकारी दिए । सप्ताव्यापी कार्यक्रमको समापनका अवसरमा उनीहरुलाईलाई पुरस्कार प्रदान गरिने पनि जानकारी दिए । शनिबारनै सुनसरीको इनरुवामा युथ अफ इनरुवाको आयोजनामा जिल्ला अस्पतालको विकास हाम्रो सरोकार विषयमा अन्तरक्रिया गरेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत सप्ताह व्यापि लागुपदार्थ सेवन विषयक सडक सचेतना कार्यक्रम, अन्तरक्रिया, युवासंग मनका कुरा, डेन्ड्राइड सम्बन्धी जनचेतना, उद्दमी संग अन्तरक्रिया लगायतका कार्यक्रम राखिएको कार्यक्रम संयोजक सञ्जय चौधरीले बताए । कार्यक्रमको समापनमा युवा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा युवा महोत्सव कार्यक्रम समेत गरिने निराजन खड्काले जानकारी दिए । यसै बीच किरात राई यायोख्खाको २९ औं स्थापना दिवसका अवसरमा किरात राई यायोक्खा इटहरी उपमहानगर कमिटीको आयोजनामा इटहरीमा सरसफाई कार्यक्रम भएको छ ।
यता, लायन्स क्लब अफ इटहरी र लियो क्लब को संयुक्त आयोजनामा शनिबार इटहरीमा भएको रक्तदान कार्यक्रममा ५९ प्रिन्ट रगत संकलन भएको छ । नरनाथ सापकोटाको अध्याक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा अध्यक्ष बिमल पौडेलले रक्तदाता लाई ब्लड ब्याग दिएर उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथीहरु पुर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत,इलाका प्रहरी कार्यालयका डिएसपी ओमप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।