धरान / स्टार खेलाडी बिनै मैदानमा उत्रिएको विश्वको सर्वाधिक महंगो क्लव रियल म्याड्रिंडले युइएफए सुपरकपको उपाधि गए राति उचालेको छ ।
तस्बिरः गिटी
फ्रान्ससँगको युरो कपमा घाइते भएर मैदान छाडेका चिरपरिचित क्रिष्टियानो रोनाल्डोलगायत ५ जना स्टार खेलाडी बिनै रियल मैदानमा उत्रिएको थियो । उसले गए राति अर्को स्पेनिस क्लव सेभिल्लालाई ३–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।
खेलको २१ औं मिनेटमा मार्कोले गोल गर्दै रियल म्याड्रिडले अग्रता लिएको थियो । तर, उनको अग्रतालाई सेभिल्लाका फ्रान्कोले ४१ मिनेटमा बराबरी गोल गर्दै रोकिदिए । पहिलो हाफ एक एक गोलको बराबरीमा रोकिएको दुबै टिमले दोस्रो हाफको ७२ औं मिनेटमा इभहेन कोनोप्यान्काले गोल गर्दै सेभिल्लालाई अग्रता दोब्बर पार्दै रियललाई चुनौति दिएको थियो ।
तर, खेलेको इजुरी समयमा सर्जियो रामोसले गोल गर्दै बराबरीमा ल्याए । अतिरिक्त समयमा धकेलिएको खेलमा खेलको ११९ औं मिनेटमा डानी कार्भाहलले गोल गर्दै रियलले हार टारेको थियो ।
रियल म्याड्रिड स्टार रोनाल्डो, करिम बेन्जिमा, ग्यारेथ बेल, पेपे र टानी क्रुसबिनै मैदानमा उत्रिएको थियो ।