डेनमार्कलाई ४–० ले हरायो ब्राजिलले
धरान/रियो ओलम्पिकको फुटबल विधामा ब्राजिलले अन्तिम खेलमा डेनमार्कमाथि सानदार जित निकालेको छ ।
यस अघि दुई खेलमा बराबरी खेलेको ब्राजिलले अन्तिम लिग समूहमा भने डेनमार्कलाई ४–० गोल अन्तरले हराएको हो । ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
ब्राजिलका लागि गेब्रिएल बारबोसाले दुई गोल गरे भने लुआन र ग्रबिएल जिससले समान एक एक गोल गरेका थिए । खेलमा डेनमार्कले जित हात नपारे पनि उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश पाएको छ ।
समूह ‘ए’ को समूह चरणको खेलमा ब्राजिल दक्षिण अफ्रिका र इराकसँग गोलरहित बराबरीमा रोकिएको थियो।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































