धनकुटा/२२ औ विश्व आदीवासी दिवसको अवसरमा धनकुटाको मौनावुधुक गाविसमा चौविसे क्षेत्रकै पहिलो पटक आदिवासी जनजातिहरुको पहिचानलाई स्थापित गर्ने संग्राहलयको उद्घाटन गरीएको छ । चौविसे क्षेत्रमा पहिलो पटक स्थापना गरिएको सो संग्राहलयको उद्धघाटन नेपाल आदिवासी जजनाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले गरेका छन् । संग्राहलयको औपचारिक उद्धघाटन गर्दै अध्यक्ष सन्जय सन्तोषी राईले विभिन्न आदिवासी जनजातिहरुको पहिचानलाई स्थापित गर्ने संग्राहलय चौविसे क्षेत्रमा स्थापना गरेर मौनावुधुक गाउँ समन्वय परिषदले ऐतिहासिक कार्य गरेको वताए । mounabudul उनले जिल्ला सदरमुकाम धनकुटा वाहेक अन्य स्थानमा अहिलेसम्म संग्राहलय नरहेको अवस्थामा पहिलो पटक चौविसे क्षेत्रमा स्थापना हुन आफैमा धनकुटाको लागी गौरवको विषय भएको वताए । संग्राहलयमा चौविसे क्षेमा आदिमकाल देखी वसोवास गर्ने लिम्वु, राई, तामाङ, याखा, देवान लगायत आदिवासी जनजातिहरुको विभिन्न परम्परागत संस्कार,संस्कृति तथा भेषा–भेषाको जर्गेना गर्न र नयाँ पुस्तालाई आफ्नो भाषा संस्कार संस्कृतिको वारेमा जानकारी दिने उदेश्यले संग्राहलयको स्थापना गरीएको स्थानिय तामाङ घेदुङका अगुवा सन्तवहादुर तामाङले वताएका छन् । संग्राहलयमा आदिवासी जनजातिहरुका प्राचिनकालमा प्रयोग हुने र अहिले पनि प्रयोग गरिहेका र भैरहेका विभिन्न गरगहना,सामाग्रीहरु,हातहतियार,कपडा लगायत सग्रह गरीएको छ । नेपाल आदिवासी जनजाति गाउँ समन्वय परीषद मौनावुधुकका अध्यक्ष अमर चेम्जोङको अध्यक्षतमा सम्पन्न संग्राहलय उघद्धाटन समारोहमा लिम्वू समुदायको संस्कार संस्कृति भित्रको मुन्धुमी संस्कृतिलाई आम समुदायमा संरक्षण गर्नमा योगदान पुराएको भन्दै मौनावुधुक गाविस वडा नं ६ निवासी ऐतरानी लिम्वूलाई सम्मान प्रत्र, दोसल्ला र खदाद्धारा सम्मान गरीएको छ । साथै, कार्यक्रममा लिम्वू समुदायको ढोल तथा धान नाच,तामाङ्ग जातिको लामा तथा डम्फु नाच, देवान जातिको ढोल नाच र याम्फू जातिको केलाङ्ग, च्याव्रुङ्ग नाँच समेत प्रस्तुत गरीएको थियो ।