ताप्लेजुङ/ताप्लेजुङमा हिजो देखि सुरु अन्तराष्ट्रिय पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको दोश्रो दिन आज फिदिम स्पोर्टिङ क्लव पा“चथर र पथरी स्पोर्टिङ क्लव मोरङ बिच खेल हुने भएको छ । foot दिउसो २ वजेदेखि सुरु हुने प्रतियोगितामा दुवै टिम जित आप्नो पक्षमा पार्ने प्रयासमा रहेका छन् । हिजो भएको उद्धघाटन खेलमा भने पूर्वाञ्चल क्षेत्रीय पुलिस क्लव रानी बिराटनगर ताप्लेजुङको स्पोर्टिङ क्लव उउकालीपानी स“ग १–० गोल अन्तरले पराजित भएको थियो । संघर्षको तर्फवाट जर्सि नम्वर १३ का दिपेश आङवोहाङले दोश्रो हाफको १३ औं मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए । संघर्षकै जर्सि नम्वर ८ का रमेश लिम्वूले सेण्टरवाट हानेको फ्रिकिक पोलमा ठोकिएर फर्किएको थियो । दिपेसले त्यसलाई उपयोग गर्दै गोलमा परिणत गरेका थिए । पहिलो दिनको म्यान अफ दि म्याचपनि दिपेशनै भए । पुलिसले पहिलो हाफको अन्तिम समयमा पाएको पेनाल्टीलाई गोल गर्न नसकेपछि पराजय यात्रा सुरु भएको थियो । जर्सि नम्वर ९ का दिेपेन राईले हानेको पेनल्टी आउट भएको थियो । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागीता रहेको छ । बिजेतालाई दुई किलो चा“दी र दुई तोला सुन मिश्रित कप तथा १ लाख २५ हजार नगद र द्धितियलाई १ लाख नगद पुरस्कार रहेको छ ।