ताप्लेजुङ/ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप पूmटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा सङ्घर्ष स्पोर्टिङ क्लबले इलाम–११ लाई ट्राईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश पाएको छ ।निर्धारित समयमा एक–एकको बराबरीमा रहँदा निकै दबावमा परेको घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लबले ट्राईब्रेकरमा ३–१ ले इलामलाई हराएको हो ।
निर्धारित समयमा १–१ को बराबरीमा प्रतिस्पर्धा गरेका दुवै टिमबाट गोल हुन नसकेपछि थप गरिएको अतिरिक्त समयमा समेत दुवै टिमले गोल गर्न सकेनन् । खेल ट्राईब्रेकरमा धकेलिएपछि सङ्घर्षका जर्सी नम्बर १४ का युवराज लिम्बू, १९ का अनुप सेन्दाङ र जर्सी नम्बर ४ का प्रवीन राईले गोल गरेका थिए भने इलामका तर्पmबाट श्री लिम्बूले एक गोलमात्र फर्काएका थिए ।
लगातार ३ गोल छेक्न सफल भएका सङ्घर्षका गोलकिपर अमिर सेन्दाङनै मङ्गलबार भएको खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । सेन्दाङले इलामका विक्रम राई र सन्तोष रम्तलेको गोल प्रहार छेकेका थिए भने रोहित राईले आउट गरेका थिए । यता सङ्घर्षका दीपेश आङ्बुहाङले समेत गोल आउट गरेका थिए ।निर्धारित समयमा हेण्ड बल गरेपछि सङ्घर्षका खेल क्याप्टेन जर्सी नम्बर ८ का खेलाडी रमेश चोङ्बाङ रातो कार्ड खाएर बाहिरिएपछि सङ्घर्ष निकै दबाबमा परेको थियो ।
सङ्घर्षले अब बिहीबार हुने फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । यस्तै बुधबार हुने सेमिफाइनलको दोस्रो खेलमा गोर्खा स्पोर्टिङ क्लब झापा र मोरङ ११ बीच फाइनलका लागि प्रतिस्पर्धा हुने छ । यसैबीच मङ्गलबार भएको महिलातर्पmको खेलमा सूर्योदय युथ क्लब जाँते मोरङले घरेलु टिम लेकसाइड स्पोर्टिङ क्लबलाई पराजित गरेको छ । लेकसाईडको निकै दबावमा परेको मोरङले १–० ले पछि पार्दै लेकसाईडलाई पराजित गरेको हो । गत शुक्रबारदेखि जारी रहेको खेल भदौ २ गते सम्पन्न हुनेछ । २०२९ सालदेखि हरेक वर्ष लाखेजात्राका अवसरमा सञ्चालन हुँदैआएको प्रतियोगितामा पछिल्ला वर्षमा विदेशी टोलीको समेत सहभागिता हुन थालेपछि छिमेकी भारतदेखि स्वदेशका विभिन्न जिल्लाबाट समेत दर्शकको ठूलो उपस्थिति हुने गरेको छ ।यस वर्ष गोल्डकप विजेताले पाथिभरा गोल्डकप हित एक लाख ५१ हजार १ सय ११ र उपविजेताले एक लाख एक हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने महिलातर्पm विजेताले कञ्चनजङ्घा च्यालेञ्ज रनिङ कपसहित ५१ हजार १ सय ११ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन् ।