तरुण दल अधिवेशन स्थगित
ललितपुर/आज हुने भनिएको नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दल ललितपुर जिल्लाको अधिवेशन स्थगित भएको छ ।
नेपाल विद्यार्थी सङ्घको निर्वाचन आज हुने भएकाले पार्टीका नेता तथा कार्यकर्ता त्यसतर्फ खटिनुपर्ने भएकाले अधिवेशन स्थगित गरिएको तरुण दलका जिल्ला सचिव शिवराम महर्जनले बताए । प्रतिनिधि गाउँगाउँबाट अधिवेशनमा भाग लिन आइसकेको अवस्थामा निर्वाचन स्थगित भएको हो ।
जिल्लाभरिबाट २८१ जना प्रतिनिधि चयन भएको बताइएको छ । नेतृत्व तहका लागि एक अध्यक्षसहित एक एक जना उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गर्ने प्रचलन रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































