इलाम/इलाममा जारी एक महिने बास्केटवल प्रशिक्षण बुधबार सकिएको छ । गत साउन ९ गतेबाट शुरु भएको प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङले प्रशिक्षण दिएका थिए ।सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता समेत सहभागिता जनाउने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बास्केटबल इलामका संयोजक रोहन आचार्यले बताए ।प्रशिक्षण कार्यक्रममा पाँच विद्यालयका साथै बास्केटवल खेलाडीहरु सहभागी भएका थिए ।

Basket Ball Photo

समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जीतबहादुर राईले इलाममा अन्य खेल जस्तो बास्केटवलले चर्चा नपाइरहेको अवस्थामा आयोजना गरिएको प्रशिक्षणले खेल कौशल बढाउन मद्दत पु¥याएको बताए । उनले बास्केटवलको विकासका लागि खेलकुद विकास समिति इलामले आउँदा दिनहरुमा समेत सहयोग गरिरहने बताए । कार्यक्रममा प्रशिक्षक विकास चाम्लिङ्ग राईले एक महिनाको प्रशिक्षणमा इलामका विद्यार्थी र बास्केटवल इलाममा आवद्ध सदस्यहरुको सक्रियता उत्साहजनक देखिएकाले इलामले चाँडै नै राष्ट्रियस्तरको खेलाडी जन्माउनेमा आफू विश्वस्त रहेको बताए । उनले भने–‘पहिला बास्केटवलको सिङ्गै विरुवा मात्र रोप्न खोपिएको थियो । तर त्यो ओइलाएर मयो ।

यो पटक बास्केटवलको विरुवा होइन, बीऊ छर्ने काम भएको छ । यो कहिल्यै मर्दैन ।’ समापन कार्यक्रमको अवसरमा मुख्य प्रशिक्षक विकास चाम्लिङ्गसहित अन्य प्रशिक्षकलाई इलाम मौलिक कृषि उत्पादन मायाको चिनो रुवरुप प्रदान गरिएको थियो । यस्तै प्रशिक्षणमा सहभागी पाँच विद्यालयका विद्यार्थीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । बास्केटवल संघ इलामका संयोजक रोहन आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डे, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।