महेन्द्रनगर / चक्रघट्टी जेसिजले वार्षिक रुपमा मनाउदै आएको सप्ताहव्यापी कार्यक्रम बिहिबारबाट शुरु भएको छ । कार्यक्रमको शुरुवात पत्रकार सम्मेलन गरि गरिएको छ ।जेसिज अध्यक्ष कमलनाथ दाहालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सप्तकोशी बहुमुखी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष भुवननाथ दाहाल प्रमुख अतिथी रहेका थिए । जेसिजको आस्थापाठ सुमन विकलले गरेका थिए भने सञ्चालन महासचिव सन्तोष चौलागाइले गरेका थिए ।पत्रकार सम्मेलनमा स्वागत मन्तब्य कार्यकारी उपाध्यक्ष दिनेश पोखरेलले गरेका थिए ।
“व्यक्तित्व तथा नेतृत्व विकास गराउनका साथै समाजमा परिवर्तन गराउनका लागि जेसिजको स्थापना भएको बताउदै अध्यक्ष कमलनाथ दाहालले समाजलाई सकारात्मक प्रभाबपार्ने कार्य गर्दै चक्रघट्टि जेसिज अगाडि बढेको जनाए ।पत्रकार सम्मेलनमा बोल्दै दाहालले बिभिन्न समुदायबिच अन्र्तघुलन गराउने कार्यमा आफुहरु लागि परेको बताए ।
दोश्रो चरणको कार्यक्रम चक्रघट्टी जेसिज भर्सेज इलाका प्रहरी कार्यलय महेन्द्रनगर बिच मैत्रिपुर्ण फुटवल हुने निवर्तमान अध्यक्ष रमेश कार्कीेले बताए । मैत्रिपुर्ण फुटवलको कार्यक्रम संयोजक दिनेश पोखरेल रहेका छन् । तेश्रो चरणमा राजाबास, बान डाँडा, प्रकाशपुर–५, बाङ्गे बजार महेन्द्रनगर–४, पुलाहाचोक महेन्द्रनगर–७मा जेसिजबोर्ड राख्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमको संयोजक सरोज कोइराला छन् ।त्यसैगरि अनिल ठाकुरको संयोजकत्वमा साइकल दौड प्रतियोगिता,बिकाश पोखरेलको संयोजकत्वमा स्लो मोटरसाईकल प्रतियोगिता,तिर्थ राज भट्टराईको संयोजकत्वमा बुधवारे चोकको पहिचान तथा व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम,र मञ्जु आचार्यको संयोजकत्वमा समापन तथा समिक्षा कार्यक्रम हुने जेसिज सप्ताहकी संयोजक इन्दु गौतमले जानकारी दिईन ।