सरकारी अनुदान लिएपछि हत्या
मलेखु (धादिङ)/दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ ।
नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो । हर्कबहादुरकी श्रीमती ८० वर्षीया ठूलीमायाँ तामाङ गम्भीर घाइते भएकी छिन् ।
उनको उपचारका लागि घटनास्थलबाट बोकेर अस्पतालतर्फ ल्याइएको छ । घटनास्थल पृथ्वीराजमार्गको आदमघाटबाट पाँच घन्टाको पैदल दूरीमा पर्ने भएकाले बिहीबार राति मात्र अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
हर्कबहादुरको किन र कसले हत्या गरेको हो भन्ने अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























