पाँचथर/ प्रथम राष्ट्रिय सूचना दिवसको अवसरमा शुक्रबार फिदिममा आयोजित कार्यक्रममा पत्रकारलाई वेवास्ता गरिएको छ । सूचनाको हकका लागि क्रियाशील पत्रकारलाई वेवास्ता गरिएको प्रति नेपाल पत्रकार महासंघ पाँचथर शाखाले दुःख व्यक्त गरेको छ ।

दिवशको अवशर पारेर शुक्रबार बिहान फिदिममा प्रभातफेरि निकालिएको थियो । जिल्ला प्रशासन कार्यालयको संयोजनमा निकालिएको ¥यालीले फिदिम बजार परिक्रमा गरी मेनरोडस्थित अजिमा होटल अगाडि कोणसभा गरिएको थियो । कोणसभामा प्रजिअ किरण थापा सहित जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि र विभिन्न कार्यालय प्रमुखहरुले सूचनाको हकको विषयमा बोलेका थिए ।

patra तर कार्यक्रममा सूचनाको हकका लागि सबैभन्दा बढी क्रियाशील पत्रकारहरुलाई भने कुनै किसिमको आधिकारिक जानकारी नगरिएको महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगानाले बताए । प्रशासनले संयोजन गरेको कार्यक्रम प्रति असन्तुष्टि जनाउँदै ढुंगानाले भने– ‘सूचना लुकाउँने कर्मचारी, सेना र प्रहरीको कर्मकाण्डी कार्यक्रमले सूचनाको हक कार्यान्वयनमा गम्भिर संका उब्जाएको छ ।’