hiv

पाँचथर/प्राणघातक रोग एभआईभी एड्स संक्रमित पाँचथरमा वर्षेनी बढ्दै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक जनामा मात्र एचआइभी संक्रमण भेटिएको थियो । तर गत आर्थिक वर्ष ०७२÷७३ मा ५ जनामा एचआइभीको संक्रमण भेटिएको हो । कार्यालयका सूचना अधिकारी नारायण जोशीका अनुसार एचआइभी संक्रमितहरुमा ४ पूरुष र १ महिला रहेका छन् । सूचना अधिकारी जोशीका अनुसार एचआइभी संक्रमितहरुमा अधिकांश वैदेशिक रोजगारमा गई फर्केका रहेको पाइएको छ । संक्रमितहरुलाई आवस्यक औषधीउपचार र परामर्श दिई थप परामर्श र उपचारको लागि जिल्ला बाहिर पठाउँने गरेको जोशीले बताए ।