उत्पीडितलाई अधिकार दिलाउन प्रमसँग आग्रह
काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललितपुरका सामाजिक अगुवाले भेटगरी उत्पीडितको पहिचान र अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटमा उनीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतीपूर्ण अवसर भएकाले पहिचान र अधिकारका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएको उनका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भने, “चुनौतीको सामना गर्ने सङ्कल्पसहित आएको छु । संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पुनःनिर्माण र बेथितिको अन्त्य गरेर देशमा प्रणाली स्थापित गर्न यहाँहरुको सहयोग चाहिन्छ ।”
भेटका अवसरमा ललितपुरको स्थानीय विकासलाई ध्यान दिन र सामाजिक पहिचानलाई जोगाई राख्ने विषयमा प्रधानमन्त्रीलाई आफूहरुले आग्रह गरेको सहभागी टोलीका पत्रकार सुनील महर्जनले जानकारी दिए ।
उनका अनुसार सो भेटमा ताम्राकार समाज, बौद्ध युवा समिति, नेपाल राष्ट्रिय युवा महासङ्घ, ललितपुर, कलाका तीनपाइलालगायतका संस्थाको सहभागीता थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































