इटहरी/विद्यालयले हरेक शैक्षिक सत्र शूरु हुन अघि वार्षिक शैक्षिक क्यालेन्डर तयार गर्नु पर्छ । कति पय विद्यालयले त्यो क्यालेन्डर अभिभावकसम्म पु¥याएका पनि हुन्छन् । तर, वितरण गरिएको शैक्षिक क्यालेन्डर अनुसार विद्यालयल सञ्चालन भएका छन् त ? सोमबार इटहरीमा यसै विषयमा सरोकारवालाबीच छलफल भयो ।
तर, सन्तुष्ट कोही देखिएनन् । क्यालेन्डरमा लेखिए अनुसार विद्यालय सञ्चालन गर्न नसक्नुमा सहभागी प्रायःले राजनीतिक दलको कमजोरी ठह¥याए । कार्यक्रममा सहभागि सुनसरीका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गा खतिवडाले भने ‘जब सम्म विद्यालयका प्रधानाध्यापक शिक्षा नीति र क्यालेन्डर अनुसार चल्न सक्नु हुन्न तव सम्म यो समस्या सहजै सुझीदैन ।’ सहायक जिल्ला शिक्षा अधिकारी खतिवडाले प्रधानाध्यापकको कमजोरी र अन्य सहभागीले राजनीतिक दल प्रति दोषी ठह¥याइरहँदा सरोकारवाला मध्ये दुवै पक्ष कार्यक्रममा सहभागि नगराइएको कारण निचोड भने निस्कन सकेन । तर, केही दिन अघि माओवादी विप्लब समुहको शैक्षिक क्षेत्र बन्द र स्थानीय चाड पर्व तथा अन्य कारणले हुने बन्दबाट क्यालेण्डरमा तोकिए भन्दा बढीनै दिन शैक्षिक संस्था बन्द हुन्छन् । सहायक जिल्ला शिक्षा अधिकारी खतिवडाले त शुक्रबार हुने आधा दिन विदा पनि शिक्षा नीति विपरित भएको भन्दै पुरानो संस्कारबाट यो आधा दिनको विदा हटाउन नसकिएको बताए । सरकारले २०६८ जेठ ११ गते शिक्षा सम्वन्धी निर्देशिका जारी गदै विद्यालयलाई शान्ति क्षेत्र घोषणा ग¥यो । जुन निर्देशिकाले विद्यार्थीको पढ्ने सुरक्षादेखि भौतिक सुरक्षा समेत समेटेको छ । कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष महासंघका सुनसरी अध्यक्ष दामोदर दाहाल विद्यालय व्यवस्थापन समितिको गठन सँगै राजनीतिक गतिविधी प्रवेश हुने हुँदा सानो तिनो प्रयासले विद्यालयलाई शान्ति क्षेत्र बनाउन नसकिने बताए । ‘कुनै विद्यालय व्यवस्थापन समितिको चिया खर्च वार्षिक मात्रै चालिस हजार रुपैयाँ हुन्छ’ दाहालले भने ‘समिति गठन गर्दा विद्यालय र विद्यार्थी प्रति जिम्मेवार भन्दा पनि राजनीतिक भागवण्डा हुन्छ ।’ भगवती मावि इनरुवाका प्रधानाध्यापक तथा नगारिक समाज इनरुवाका अध्यक्ष पुरुषोत्तम घिमिरले राजनीतिक दलको प्रतिवद्धता र शिक्षा प्रतिको जिम्मेवारी विना विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन सम्भव नभएको बताए । शिक्षा पत्रकार समुहले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा प्राध्यापक अर्जुन उप्रेतिले सरकारी विद्यालयका शिक्षकमा जागिर मानसिकता भएको कारण र अभिभावकमा चेतनाको अभाव भएको कारण विद्यालय शन्ति क्षेत्र घोषणामा सिमिति भएको बताए । कार्यक्रममा सहभागि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध मोहन तिम्सिना, रविन घिमिरे, रमेश भट्टराई, राम कोइराला सुनसरी महिला तथा बालबालिका अधिकृत शुशिला कार्की, पत्रकार याम प्रधान, भोजराज श्रेष्ठ, राहित राई, दिपक कार्की, जयकृष्ण यादवलगायतले राजनीतिक दल तथा शैक्षिक क्षेत्रका व्यक्तीहरुको प्रतिवद्धता अभाव हुँदा विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको बताए । उनीहरुले निर्देशिकामा भनिए अनुसार विद्यालय सञ्चालन हुने हो भने नेपाली विद्यार्थीको शैक्षिक स्थित राम्रै सुधार भएर जाने बताए ।