इटहरी/लोक तन्त्र र न्यायका लागि आमा समुह तरहरा सुनसकारीको १३ वार्षिक साधारण सभाका अवसरमा घर उत्कृष्ट पारिवारिक सदस्य सहित सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तीहरुलाई सम्मान गरिएको छ ।शुक्रबार तरहरास्थित भूपू सैनिक भवनको सभाहलमा साधारण सभा तथा तीज विशेष कार्यक्रममा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले उत्कृष्ट पारिवारिक सदस्य सहित अन्य व्यक्तीलाई सम्मान गरे ।

IMG_0632

समाज सुधार गर्न घरबाटै राम्रो व्यवहार थाल्नु पर्ने भन्दै परिवारमा राम्रो व्यवहार गर्ने, साइनो अनुसार आदर माया गर्ने परिवारलाई सम्मान गरिएको संस्थाकी संस्थापक अध्यक्ष कमला खड्काले बताइन् । कार्यक्रममा प्रमुख अतिथि तिम्सिनासहित नेपाली काँग्रेसका इटहरी सभापति हेमकर्ण पौडेल, नेकपा एमालेका इटहरी अध्यक्ष रेवती घिमिरे, इन्भारो केयरका कृष्ण सापकोटासहित स्थानीय संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

IMG_0664

संस्थाकी अध्यक्ष विष्णुमाया गूरुङको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन चन्द्रकला ओझा र पार्वती विकले गरेका थिए भने कार्यक्रम सञ्चालन गीता राईले गरेकी थिइन् । सो अवसरमा लोक दोहोरी गायिका गंगा गौतमले लोक भाका गाएर मनोरञ्जन दिलाएकी थिइन् । सामाजिक सद्भाव कायम गर्न तीजको अवसरमा दर खाने कार्यक्रम समेत गरिएको आयोजक संस्थाले जनाएको छ ।