हङकङ/राजु लामा, आशिष राना (लाहुरे) र ईन्दिरा जोशीको धमाकेधार प्रस्तुतीमा हङ्कङेली दर्शकहरुले खुलेर मनोरञ्जन लिए । आईतबार विदाको दिन पारेर चिम सा चेई स्थित कम्युनिटी हलमा आयोजना गरिएको “जोर्डन नाईट २०१६” मा हरियो रङ्को ढाकाबाट निर्मित गाउँनमा सजिएकी ईन्दिराले बेली डान्ससँगै ‘बेहुली’, ‘सानु माया’, ‘उधे्रको चोली’ लगायत गित गाउँदा दर्शकहरुले पनि आफुलाई थाम्न सकेका थिएनन् । मध्य भागमा स्टेजमा देखा परेका लाहुरे (आशिष राना) को क्रेज पनि गजबको थियो, लगातार हिपपप र ¥याप मार्फत उनले पनि युवा युवतीलाई स्टेजसम्म आउँन बाध्य बनाए ।

[caption id="attachment_11865" align="alignleft" width="640"]14111805_327206927612082_467921919_n तस्बिर - मज्जाको राई [/caption]

लगातार आधा दर्जन बढि गित गाएर पनि थाकेनन् राजु लामा । आफ्नो ब्याण्ड मंगोलियन हार्टसँगै स्टेजमा देखिएका राजुको हरेक गितमा दर्शकहरुको वान्स मोर गुन्जिएको थियो । जोर्डन क्लब हङ्कङले आयोजना गरेको उक्त कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तरता दिने अध्यक्ष सुवास गुरुङ् बताउँछन् । राष्ट्रिय कलाकारहरुसँगै स्थानीय कलाकारको पनि प्रस्तुती रहेको कार्यक्रमलाई कल्पना गुरुङले सञ्चालन गरेकी थिईन ।