अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ को मृत्यु
अर्घाखाँची /अर्घाखाँची जिल्लाको हंसपुर गाविसमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकाम सन्धीखर्चबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरह्वील जीप हंसपुर गाविस ५ रतनमोर बजार नजिकैको भीरबाट खसेको थियो ।
प्रहरीका अनुसार ७ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको मृत्यु हुनेको नाम खुल्न नसकेको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको सइ श्रीषले बताए । घाइतेलाई उपचारको लागि सन्धीखर्क ल्याइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































