धरान/लायन्स क्लव धरान बुढासुब्बाले ७ औं पदस्थापन कार्यक्रम पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई २५ हजार रुपैया सहयोग गरेको छ ।
धुलिखेल समाजको सभाहलमा बुधबार भएको पदस्थापनमा फाउण्डेशनलाई लायन्स ड्रिष्ट्रिक मार्फत सहयोग गरेको हो । त्यस्तै लायन्सको केन्द्रीय ब्लड बैंकको लागि १ लाख रुपैया हस्तान्तरणसमेत गरिएको छ । लायन्सका ड्रिष्ट्रिक ३२५ उ वान डिष्ट्रिक गर्भनर अध्यक्ष कुमारराज सुवेदीलाई एक लाख रुपैयाको भौचर हस्तान्तरण गरिएको लायन्स बुढासुब्बाका २०१६/१७ अध्यक्ष दीपेन्द्र निरौलाले बताए ।
लायन्स २०१६/१७ मा दिपेन्द्र निरौलाको अध्यक्षतामा २० सदस्यीय समिति गठन भएको छ । समितिको प्रथम उपाध्यक्षमा कल्पना लिम्बु, द्धितीय उपाध्यक्षमा सरिता राई, तृतीय उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा सीता राई, कोषाध्यक्षमा भद्रकुमारी लिम्बू, निवर्तमान अध्यक्ष देवकुमार सुब्बा, क्यामर सरिता राई लिम्बू, टेल ट्वीस्टरमा सिएम मगर, जनसम्पर्क अधिकारी हर्षु राईलगायत सदस्यहरु छन् ।
यसैबीच लियो क्लव अफ धरान बुढासुब्बाको तेस्रो पदस्थापनसमेत भएको छ । जसको अध्यक्षमा लुइस जेम्स राईलगायत २० सदस्यीय समिति रहेका छन् । लायन्सले ५ जना नयाँ सदस्यतासमेत प्रदान गरेको छ । कार्यक्रममा डिष्ट्रिक गर्भनर कुमारराज सुवेदी, प्रथम भिडिजी लिलाप्रसाद ढुंगोल, दोस्रो भिजिडी अनन्त भेटवाल, डिष्ट्रिक सचिव धनप्रसाद लामिछाने, ड्रिष्ट्रिक कोषाध्यक्ष रेवत कार्की, चिफ एरिया कोअर्डिनेटर राजन खत्री, एरिया कोअर्डिनेटर धिरज गुरुङ, संस्थापक अध्यक्ष विपीन सुब्बा, जोन चियर पर्सन टंककुमारी गुरुङले सुभकामना राखेका थिए ।