धरान / धरान–१६ स्थित भगवती आधारभूत सामुदायिक विद्यालय व्यवस्थापन समितिमा बसन्तकुमार सिटौला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । समितिमा विद्यालय संस्थापनका तर्फबाट महिला प्रतिनिधि मीना पुलामी मगर, त्यस्तै अन्य सदस्यहरुमा दीलकुमारी तामाङ, गीता विष्ट, शिक्षक प्रतिनिधिमा अच्युत पराजुली रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा किरण थापा मगर, रामबहादुर राई र सदस्य सचिवमा विद्यालयका प्रअ गुणनिधि तिम्सिना रहेका छन् । जिल्ला शिक्षा कार्यालय सुनसरीका प्रतिनिधि एवं विद्यालय निरीक्षक राजकुमार गेलाल, स्रोतव्यक्ति खेमचन्द्र सुवेदी र धरान उपमहानगरपालिकाका प्रतिनिधि कमला कार्की र प्रअ गुणनिधि तिम्सिनाको राहोबरमा समिति गठन भएको हो ।