धरान/विश्वकप छनौट खेलमा चिरप्रतिद्धन्द्धी उरुग्वेलाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले तीन अंक जोडेको छ ।
सन्यासपछि टिममा फर्किएका लियोनल मेसीले गोल गरे । उनले पहिलो पटक सन्यासपछि खेलमा फर्किएका थिए । मेसीले चोटका बाबजुद पनि आफूलाई फिट राख्दै टिममेट लुईस सुआरेजको देशलाई हराउन सफल भए ।
उनले खेलको दोस्रो हाफमा गोल गरेका थिए । यद्यपी उनी सेप्टेम्बर ६ मा भेनेजुएला विरुद्धको खेलमा खेल्नेमा आशंका कायमै छ । उनी एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा चोटग्रस्त बनेका थिए ।
उनले गत जुनमा सम्पन्न कोपा अमेरिकाको फाइनलमा खेलमा पेनाल्टी चुकाएपछि एकाएक अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए । उनको सन्यासले खेलप्रेमीलाई मात्रै हैन, देशलाई नै तनावमा पारेको थियो । तर, केही समयपछि उनले सन्यास फिर्ता लिएका थिए ।