धरान/२४ औं स्काउटर रामकुमार स्मृति दिवसको अवसरमा प्रवेशिका परीक्षा उर्तीण गर्ने उत्कृष्ट दुई विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ । scout हाम्रो समाज छात्रवृतिबाट निजी विद्यालयमा विष्णु मेमोरियलकी ग्रिष्म खतिवडा र सामुदायिकबाट ल्यावोटरी उच्चमाविका अर्पणा राई प्रदान गरिएको हो । खतिवडाले ३ दशमलव ७५ अङ्क र राईले ३ दशमलव २५ अङ्क प्राप्त गरेका थिए । स्काउटमा १५ वर्ष भन्दा माथि निरन्तर संलग्न रहेका गंगादेवी ज्यापू, पुष्पा सुब्बा, बविता राई, रेवत पौडेल, हरिकुमार विष्ट, हिमबहादुर श्रेष्ठ, चन्द्रकला प्रधान र सीता चौलागाईलाई दीर्घसेवा पदक तथा प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा सह जिल्ला आयुक्त बिणा राई, प्रमुख अतिथि पिण्डेश्वर क्याम्पसका प्राध्यापक रमेश घिमिरे, स्काउटका पूर्व राष्ट्रिय सचिव बासुदेव भण्डारीले प्रमाण पत्र तथा छात्रवृति प्रदान गरेका थिए ।   कार्यक्रममा लोकलक्ष्मी छात्रवृतिबाट ल्यावरोटरीका सविना राईलाई प्रदान गरिएको थियो । यो छात्रवृति तीनवर्ष निरन्तर प्रदान गरिन्छ । कार्यक्रममा ४८ जना स्काउटरलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । यसैबीच विनोदकुमार साह (रोभर) लाई सम्मानसमेत गरेको जिल्ला परिषद् सदस्य हेमन्त भण्डारीले बताए । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय आयुक्त लक्ष्मण राईले गरेका थिए ।