कस्मेटिक डिलरका चालकले अर्का चालक कुटे (अपडेट)
धरान/धरान–९ आचार्यलाइनस्थित रोडरोज नामक कस्मेटिक डिलरको सामाग्री ओसार पसार गर्ने सवारीको चालकले एक ग्यारेजमा अर्का चालकलाई कुटेर फरार भएका छन् ।
धरान–८ स्थित साँघुरी ग्यारेजमा गाडी बनाउन पुगेका रोडरोजका चालक २५ वर्षीय रोशन परियारले कुटपिट गरेको हो । इटहरी–१ का ३० वर्षीय तुलाराम भण्डारीलाई कुटेको हो । विवादको कारण बारे प्रहरीले तुलारामलाई बुझ्दा सामान उठाउ–उठाउ भनेर भन्दा किन उठाउने भन्ने विषयमा विवाद भएपछि हात हालेको बुझिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घटना करिव साढे ११ बजेतिरको हो । तुलाराम र रोशन दुबै गाडी बनाउनको लागि ग्यारेजमा पुगेका थिए । परियारको खोजी कार्य तिब्र पारिएको छ भने गाडी र गाडी मालिक रोडरोजका सञ्चालक देवा झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै पक्षलाई राखेर सोधपुछ गरिने डिएसपी खतिवडाले बताए । चालकको घर धरान–१५ रहेको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































