
ताप्लेजुङ / शुक्रबार साँझ देखिको भारी बर्षापछि ताप्लेजुङमा गएको पहिरोमा पुरिएर एकै परिवारका ३ सहित चार जनाको मृत्यु भएको छ ।
पहिरोमा परी बेपत्ता ताप्लेजुङ नगरपालिका –८ कि स्थानिय सुब्बेनी माईली भनेर चिनिने दिलकुमारी पालुङवा पनि मृत अबस्थामा फेला परेपछि मृतकको संख्या चार पुगेको हो । पालुङ्वाको शब दिउँसो तीन बजे सोही स्थानको पहिरोबाट प्रहरीले निकालेको थियो ।
त्यस्तै पहिरोमा परी ताप्लेजुङ नगरपालिका–२ दोखुमा पहिरोले घर पुरिदा निरौला टोलका २८ बर्षिय बिमला मगर, उनका ९ र ७ बर्षिय छोराहरु मनोज र ललित मगरको पनि मृत्यू भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
उनीहरुको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पुरिएको घरबाट विहानै निकालेका थिए । पहिरोमा परी ताप्लेजुङ नगरपालिका ८ कि कृष्णकुमारी पालुङ्वा गम्भिर घाईते भएकीछन् । उनको उपचार जिल्ला अस्पताल ताप्लेजुङमा भईरहेको छ ।

ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको धेरै स्थानमा पहिरो गएको छ । पहिरोले घर पुर्दा करिव ७५ घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सबै भन्दा ठूलो पहिरो गएको ताप्लेजुङ नगरपालिका ८ मा मात्र ४२ घर पहिरोले बगाएको छ भने १ सय ९४ जना विस्थापित भएका छन् ।

बाँकी अन्य वडाको घरमा क्षति पुगेको विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । अन्य स्थानको समेत विवरण संकलन गर्ने काम भईरहेकाले आईतबार सम्ममा क्षतिको पूर्ण विवरण आउने उनको भनाई छ ।
विस्थापितलाई विद्यालयमा 
पहिरोका कारण सबै भन्दा बढि विस्थापित ताप्लेजुङ नगरपालिका ८ का ४२ घरका १ सय ९४ जनालाई नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोलिले शनिवारनै उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
उनिहरुलाई ताप्लेजुङ नगरपालिका ८ हिटि स्थित होराइज

न बोर्डिङ स्कुलमा राखिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनिहरुलाई स्थानियको स

क्रियतामा उद्धार गर्नसाथ शनिवार विहान चाउचाउ र चिउरा वितरण वितरण गरीएको थियो ।
क्षतिको विवरण संकलन गर्न समिति गठन,
यसैविच शनिवार दिउँसो विपत व्यवस्थापन समितिको बैठक बसि पहिरोले पु

¥याएको क्षतिको विवरण संकलन गर्न ताप्लेजुङ नगरपालीकाका हरिप्रसाद बरालको संयोजकत्वमा सात सदसिय समिति निर्माण गरीएको छ ।