SM_Studentइटहरी /  पाथिभरा टेक्निकल कलेज इटहरीले सरकारी कार्यालय, एनजिओ, आईएनजिओ, प्रोजेक्ट तथा विभिन्न परियोजनामा काम गर्न अवसर मिल्ने दक्ष जनशक्ति उत्पादनका सामाजिक परिचालकको कोर्ष संचालनमा ल्याएको छ ।  उपत्यका बाहिर पाथिभराले पहिलो पटक यस्तो कक्षा  संचालनमा ल्याएको हो । सिटिइभिटीसँग आवद्ध पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्युट इटहरी अन्तर्गतको यस कलेजले सिटिभिटीको १८ महिने कोर्ष संचालन गदै आएको हो । सबै कक्षामा मल्टिमिडिया, आन्तरिक तथा बाह्य फिल्ड प्रोजेक्ट मूल्याङ्कन विधिबाट कक्षा सञ्चालन गरिएको कलेजका प्रवन्ध निर्देशक कृष्ण शाहले जानकारी दिए । नेपालमा यो विषयमा राजधानीमा मात्र कक्षा संचालन हुदै आएको छ । यो कोर्ष अध्ययन गर्नेले गाविस, नपा, जिविसलगायत विवभन्न राष्ट्रिय तथा अन्तराष्र्टिय गरैसरकारी कार्यलयहरुमा काम गर्ने अवसर मिल्ने छ । ‘कलेजमा पूर्ण कम्प्युटर प्रणाली, आइसिटी आधारित प्रव्ृत्तिमा अध्यापन गराइने, विभिन्न एनजिओ तथा आइएनजिओको सहकार्यमा फिल्ड वर्क बेसमा प्रोजेक्ट वर्क तयार गर्न लगाई पूर्ण दक्ष जनशक्ति उत्पादन गर्ने  कलेजको लक्ष्य हो ।– प्रबन्ध निर्देशक शाहले भने । यस कलेजमा पढेका विद्यार्थी विभिन्न गैहसरकारी, अन्तर्रा्िष्टूय गैरसरकारी, सरकारी कार्यालयजस्ता सामाजिक कार्य गर्न सक्नेछन् । कलेजका प्रिन्सिपल पशुपति शाहका अनुसार यस बर्ष तेश्रो व्याच संचालनमा रहेको छ । यही भदौ २० गतेदेखि कक्षा संचालन गरिदैछ । यस अघिका विद्यार्थीहरु विभिन्न स्थानिय निकाय गाविस, नगरपालिका तथा जिविसहरु एंव एनजिओहरुमा सेवा गरिरहेका छन् । छोटा अवधीका सीपमुलक तालिम प्रदान गदै आएको यस कलेजमा तीन बर्ष अघि देखि सामाजिक परिचालक, सिभिल सव ओभरसियर, इलेक्टिूक सव ओभारसियरका १८ महिने कोर्ष संचालन गदै आएको छ ।