काठमाडौँ /  सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ ।  न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जानकारी दिए । आदेशमा फौजदारी न्याय सिद्धान्तको रोहमा विचारणीय देखिने भएका कारणले विशेष अदालत काठमाडौँले २०६८ फागुन १ को फैसला विचारणीय भएको हुँदा विपक्षीलाई झिकाइsarbochhaएको उल्लेख छ । सुडानमा शान्ति सेनामा गएका प्रहरीका लागि बन्दोबस्ती सामान खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको विषयमा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो । आरोपित हेमबहादुर गुरुङ, शम्भु भारती, ओमविक्रम राणा र रमेशचन्द ठकुरीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन गर्नुभएको थियो । सोही निवेदनउपर छलफल गर्न सर्वोच्चले सरकारलाई बोलाएको हो । रासस