काठमाडौं /निर्वाचन आयोगकी आयुक्त इला शर्माले भारतीय निर्वाचन आयोयका पूर्वआयुक्तसँग विवहा गर्ने भएकी छन् । सरकारले चैत्रभित्र निर्वाचन गर्ने भनेको छ । निर्वाचन हुने नहुने टुङगो नलागे पनि उनको विवहा भने निश्चित भएको छ ।
भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीसँग प्रेम सम्बन्धमा रहेकी शर्माको बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन एक्सप्रेसले जनाएका छन् । ती पत्रिकाहरुले जनाए अनुसार एक वर्षअघि निर्वाचन आयोगसबन्धी अन्तर्राष्ट्रिय सेमिनारका क्रममा मेक्सिकोमा भेट भएका शर्मा र कुरेसीबीच त्यहीँबाट प्रेमको सिलसिला शुरु भएको थियो ।
उनीहरुबीचको प्रेम सम्बन्धको औपचारिक विवाह यसैसाता हुने दाबी गरिएको छ । कुरेसी ६९ वर्षका हुन् भने इला शर्मा ४९ वर्षकी । राजनीति र पैसा विषयक गोष्ठीमा भाग लिन गएका बेला सन् २०१५ को सेप्टेम्बरमा मेक्सीकोमा यो जोडीको पहिलो भेट भएको बताइएको थियो । यसबीचमा दुईपटक बिहे गर्ने भनिए पनि दुईपटक नै विभिन्न कारणले रोकिएको कुरेसीले बताएका छन् ।
कुरेसी आफ्नी पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल थिए । यता इला शर्माका पति नवराज पौडेल माओवादीको आक्रमणमा परी जाजरकोटको पाँचकटियामा १५ वर्षअघि मारिएका हुन् । उनी त्यसबेला नेपाल प्रहरीको इन्सपेक्टर थिए ।

भारतीय मिडियामा प्रेम र विवाहबारे चर्चा भएपछि इला शर्माले बिहीबार काठमाडौंबाट कुरैसीसँग टेलिफोनमा कुरा गरेकी छिन् । आफूले प्रेम र विवाहका बारेमा मिडियासँग केही नबताएको कुरैसीले इलालाई फोनमा जवाफ दिएका छन् ।
आफ्नो विषयमा आएको समाचारबारे शर्माले भनिन्– ‘उहाँसँग मेरो भेट भएको हो । तर, विवाहका बारेमा कुरा भएको होइन । त्यो समाचारमा सत्यता छैन ।’